एकदिवसीय मान्यताका साथ नेपालको ऐतिहासिक उपलब्धि

१ चैत, काठमाडौं । नेपालले एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाउने पक्का भएको छ । यो नेपाल क्रिकेटले पाएको अहिलेसम्मकै ऐतिहासिक उपलब्धी हो । ओडीआई स्टाटसका लागि महत्वपूर्ण खेलमा नेपालले बिहीबार पपुवा न्यूगिनीलाई ६ विकेटले हरायो । लगतै नेपालले चाहे जस्तै नेदरल्याण्डले हङकङलाई पराजित गराएपछि ओडीआई स्टाटस पक्का भएको हो । यदि हङकङले नेदरल्याण्ड्सलाई हराएको भए सातौं स्थानका लागि हुने खेलमा हङकङलाई हराउर्नै पर्नेथियो । तर, अब नेदरल्याण्ड्सँग हुने अन्तिम खेलको नजिता जे भएपनि नेपालले चार वर्षका लागि ओडीआई स्टाटस पक्का गरेको छ । साथै अब नेपालले आईकप प्रतियोगिता पनि खेल्नेछ ।

किन अर्थपूर्ण छ ओडीआई स्टाटस ?

नेपाल अहिलेसम्म एशोसिएसट टिम मात्र हो । अब ओडीआई स्टाटस पाएपछि टिमले एक्सपोजर पाउनेछ । साथै अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले दिने सहयोग बद्धि हुनेछ । तर, ओडीआई स्टाटस मात्र सबै कुरा होइन । नेपाली क्रिकेटको घरेलु संरचना बलियो छैन भने क्रिकेट संघ लामो समयदेखि निलम्बनमा छ । त्यसैले क्रिकेट संघको विवाद सल्टाएर घरेलु संरचना बलियो नबनाएसम्म ओडीआई स्टाटसबाट पर्याप्त लाभ लिन सकिन्न ।

यू-१९ टोलीका प्रशिक्षक एवं पूर्वकप्तान विनाद दास यसलाई नेपाली क्रिकेटले पाउको अहिलेसम्मको ठूलो उपलब्धी मान्छन् । उनले भने, ‘खेलाडीहरुले जे गर्नु पर्ने थियो गरेर देखाए । अब बल एडमिनिस्ट्रेसनको हातमा छ । आश गरौं, सबै समस्या समाधान हुन्छ र एउटा सक्षम क्रिकेट बोड अगाडि आउँछ ।’

 

पपुवा न्यूगिनी र हङकङले गुमायो विश्वकप छनोट खेलेका पाँच एशोसिएट देशमध्ये तीनले एक दिवसीय मान्यता पाउनेछन् भने दुई टिम डिभिजन टूमा घटुवा हुनेछन् । सुपर सिक्समा पुगेका स्कटल्याण्ड र यूएईले एकदिवसीय मान्यता पाइसकेका छन् । बिहीबार नेपालले पनि पक्का गरेको छ । पपुवा न्यूगिनी र हङकङले भने एकदिवसीय मान्यता गुमाएका छन् र डिभिजन टूमा घटूवा भएका छन् ।


प्रतिक्रिया दिनुहोस्