संयुत्त बाम विद्यार्थीद्धारा ११ बुंदे मागपत्र पेस

 

संयुत्त बाम विद्यार्थी ताप्लेजुङ (काठमाडौं सम्पर्क कमिटिद्धारा आयोजित बधाई तथा सुभकामना आदान प्रदान कार्यक्रममा ताप्लेजुङका प्रदेश सभाका सांसदहरुलाई ध्यानाकर्षण गर्दै ११ बुँदे मागपत्र पेश गरेको छ ।रत्नराज्य लक्ष्मि क्याम्पसको सभाहलमा सम्पन्न कार्यक्रममा माननीय हरुलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिने क्रममा अखिल क्रान्तिकारी ताप्लेजुङ काठमाडौं सम्पर्क कमिटिका अध्यक्ष टंक थापाले ११ बुदे मागपत्र प्रस्तुत गरेको थियो । कार्यक्रममा माओवादी केन्दका पोलिटव्युरो सदस्य तथा,प्रदेशसभा सदस्य टङ्क आङ्बुहाङ्गले आफुले गरेका प्रतिबद्दताहरुलाई कार्यान्वन गरेरै छाड्ने र यसमा आम विद्यार्थीहरूको साथ आवश्यक रहेको भनाई व्यक्त गर्नुभयो ।त्यसैगरि कार्यक्रममा प्रदेशसभा सदस्य बल बहादुर सामसुहाङ्ग र होम कुमारि सावाँको समेत उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्