किराँत याक्थुङ चुम्लुङको अध्यक्षमा योगराज लिम्बू निर्वाचित

लिम्बूहरुको साझा छाता संगठन किराँत याक्थुङ चुम्लुङको दशौं राष्ट्रिय महाधिवेशन धरानमा सम्पन्न भएको छ । विहीबार राती सुनसरीको धरानमा सम्पन्‍न चुम्लुङको महाधिवेशनले योगराज वनेमको अध्यक्षतामा ३२ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको हो ।

महाधिवेशनले उपाध्यक्षमा तीनजना प्रेम येक्तेन, यामप्रसाद लिम्बू र कमल तिगेला तथा महासचिवमा निरन्ती तुम्बापो निर्वाचित भएका छन् । त्यसैगरि सचिवमा चार जना भीमप्रसाद योङहाङ यासेली चन्द्रकुमार आङदेम्बे, योगेन्द्र पालुङ्वा र कमला फोम्बो तथा कोषाध्यक्षमा डम्बरकुमार तेम्बे निर्वाचित भएका छन् । केन्द्रीय सदस्यमा लिम्बु जातीहरुको बाहुल्यता भएकोे नौ जिल्लाबाट एक महिला र एक पुरुष गरी दुई जनाका दरले १८ जना उपत्यकाका काठमाडौं, भक्तपुर, ललितपुर र चितवनबाट निर्वाचित भएका छन् ।

निर्वाचित पदाधिकारी तथा सदस्यहरु:-

१. अध्यक्ष:- योगराज लिम्बू वनेम
२. उपाध्यक्ष:- प्रेम येक्तेन प्रेमप्रसाद लिम्बू
३. उपाध्यक्ष:- यामप्रसाद लिम्बू
४. उपाध्यक्ष:- कमल तिगेला
५. महासचिव:- निरन्ती तुम्बापो
६. सचिव:- भीम प्रसाद योङहाङ यासेली
७. सचिव:- चन्द्रकुमार आङदेम्बे
८. सचिव:- योगेन्द्र पालुङ्वा
९. सचिव:- कमला फोम्बो
१०. कोषाध्यक्ष:- डम्बरकुमार तेम्बे
११. सदस्य:- चक्र येक्तेन अभिषेक, इलाम
१२. सदस्य:- विष्णु कुमारी लिम्बू तुम्बापो, इलाम
१३. सदस्य:- पूर्ण बहादुर हाङश्रोङ, झापा
१४. सदस्य:- विष्णुमाया चेम्जोङ, झापा
१५. सदस्य:- गणेशकुमार चेम्जोङ, पाँचथर
१६. सदस्य:- कमिता तुम्बापो, पाँचथर
१७. सदस्य:- भद्र कुमार बोखिम, ताप्लेजुङ
१८. सदस्य:- निर्मला तावा लिम्बू, ताप्लेजुङ
१९. सदस्य:- बसन्तसिंह खापुङ, तेह्रथुम
२०. सदस्य:- सञ्चमाया लिम्बू सञ्चू, तेह्रथुम
२१. सदस्य:- नारायण यक्सो, मोरङ
२२. सदस्य:- खिनमाया लिम्बू, मोरङ
२३. सदस्य:- उदय बहादुर लावती, सुनसरी
२४. सदस्य:- संगीता सुब्बा सावदेन, सुनसरी
२५. सदस्य:- हेमकुमार आङला, धनकुटा
२६. सदस्य:- सरस्वती मादेन लिम्बू, धनकुटा
२७. सदस्य:- आइन्द्र कुमार लिम्बू आङबो, काठमाडौं
२८. सदस्य:- कल्पना योङहाङ लिम्बू, काठमाडौं
२९. सदस्य:- भवानी विक्रम सम्बाहाम्फे, भक्तपुर
३०. सदस्य:- शिवकुमार लिम्बू, ललितपुर
३१. सदस्य:- मनु नेम्बाङ, ललितपुर
३२. सदस्य:- भविन्द्र कन्दङवा, चितवन


प्रतिक्रिया दिनुहोस्