ट्रम्पलाई भेट्न युरोपेली आयोगका अध्यक्ष अमेरिका जाने

ब्रसेल्स / युरोपेली आयोगका अध्यक्ष जोन क्लाउड जङकरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्ने कार्यक्रम तय भएको छ ।

ट्रम्पलाई भेट्न आफु आउदो जुलाईको अन्त्यतिर अमेरिकाको वासिङ्टन जाने तयारी गरेको उहाँले शुक्रबार जानकारी दिनुभयो । ट्रम्पको प्रशासनसँग व्यापार सम्बन्धी विवाद मिलाउनका लागि सहयोग गर्ने उद्देश्यले उहाँ अमेरिका जान लाग्नु भएको बताइएको छ । “म वासिङटन जाँदैछु, युरोपेलीको तर्फबाट म जान लागेको हुँ,” युरोपेली आयोगका अध्यक्ष जङ्करले भन्नुभयो । रासस/एएफपी


प्रतिक्रिया दिनुहोस्