यसकारण मन्त्री बनेनन् जनार्दन शर्मा

पत्रपत्रिकाबाट

काठमाडौं, चैत ३, २०७४ । रामबहादुर थापाले गृह पाएपछि सुरुमा यस मन्त्रालयमा इच्छा देखाएका जनार्दन शर्मा ऊर्जाका लागि लबिङमा थिए। पहिला ऊर्जामन्त्री हुँदा राम्रो काम गरेकाले ओली पनि उनलाई सरकारमा भित्र्याउन चाहन्थे । उनले पुष्पकमल दाहाललाई पनि शर्मालाई समेट्न भनेका थिए । आजको नयाँ पत्रिकामा खबर छापिएको छ ।

मन्त्रीको सूचीमा उनको नाम शुक्रबार बेलुकासम्म राखिएको थियो । तर, वर्षमान पुन ऊर्जाबाट अर्को मन्त्रालयमा जान नमानेपछि शर्मा सरकारमै नजाने निर्णयमा पुगेको माओवादी स्रोतले जनायो।

शर्मा मन्त्रीको लाइनबाट बाहिरिएपछि चक्रपाणि खनाल अटाएका हुन्।


प्रतिक्रिया दिनुहोस्