जारी विश्वकप फुटबलमा उत्कृष्ट प्रदर्शन गर्ने तीन खेलाडीको नाम सार्वजनिक

काठमाडौँ / रसियामा जारी विश्वकपमाफुटबलमा आधारित वेबसाइट हुस्कोर्डकले  उत्कृष्ट प्रदर्शन गर्ने तीन खेलाडीको नाम सार्वजनिक गरेको छ ।

 

उसले अहिलेसम्म उच्च प्रदर्शन गर्ने शीर्ष तीन खेलाडी मध्य पहिलो स्थानमा  विश्वकप  २०१८ का सर्वाधिक गोलकर्ता ह्यारी केन रहेका छन् ।
दोस्रो स्थानमा बेल्जियमका इडेन हाजार्ड  छन् भने तेस्रो नम्बरमा ब्राजिलका नेयमार रहेका छन् ।

 

हुस्कोर्डका अनुसार इंग्ल्यान्डका स्ट्राइकर अहिलेसम्म प्रतियोगिताका उत्कृष्ट खेलाडी रहेका छन् ।  कोलम्बिया विरुद्ध गोलसंगै उनले प्रतियोगितामा छैठौं गोल दर्ता गरेका छन् जुन प्रतियोगितामा सबैभन्दा बढी गोल  हो । उनले ३ खेलमा ९ प्रहार पोस्टमा गरेका छन् भने २ गोल गर्ने अवसर सिर्जना गरेका छन् ।

ब्राजिलका फरवार्ड नेयमारले आफूले खेलेका ४ खेलमा २ गोल तथा १ असिस्ट गरेका छन् । उनले एक खेलमा औसतमा ६ प्रहार पोस्टमा गरेका छन् जुन प्रतियोगितामा सबैभन्दा बढी पनि हो । त्यस्तै उनले १६ वटा गोल गर्ने अवसरहरु पनि सिर्जना गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्