अबको एसियन गेम्स फुटबलमा नेपाल र जापान एउटै समुहमा

काठमाडौँ / इन्डोनेसियामा आयोजना हुने एसियन गेम्स अन्तर्गत पुरुष फुटबलको समूह चरणको ड्र सार्वजनिक भएको छ। नेपाल समूह डी मा जापान, पाकिस्तान र भियतनामसँग प्रतिस्पर्धा गर्नेछ।

एसियाड अन्तर्गत अगस्ट १४ बाट सुरु हुने पुरुष फुटबलमा २४ टोली ६ समूहमा विभाजित भएका छन्। हरेक समूहका शिर्ष दुई टोली र चार शिर्स स्थानका तेस्रो स्थानको टोलीले राउण्ड अफ १६ मा स्थान पाउनेछ।

यू-२३ उमेर समूहको यस प्रतियोगितामा तीन सिनियर खेलाडीलाई स्थान दिईनेछ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले आसर १० गते प्रतियोगितामा सहभागी गराउन २० सदस्यीय यू २३ टोलीको घोषणा गरेको थियो। गोलकिपर किरण चेम्जोङ, मिडफिल्डर रोहित चन्द र स्ट्राइकर भरत खवास २३ वर्षमाथिका तीन खेलाडी हुन्।

 

-एसियाली खेलकुदका लागि छनोट खेलाडीहरुको नामावली निम्न प्रकार रहेको छ ।

 

१. किरण कुमार लिम्बु

२. एलेन न्यौपाने

३. सोजित गुरुङ

४. अनन्त तामाङ

५ आदित्य चौधरी

६. कमल श्रेष्ठ

७. सुमन अयौल

८. दिनेश राजवंशी

९. रोहित चन्द

१०. हेमन गुरुङ

११. हेमन्त थापामगर

१२. गौरव बुढाथोकी

१३. छिरिङ गुरुङ

१४. अन्जन विष्ट

१५. सुनिल वल

१६. भरत खवास

१७. सुमन लामा

१८. अभिषेक रिजाल

१९. तेज तामाङ

२०.विमल घर्तीमगर

मुख्य प्रशिक्षक : ग्योतोकु कोजी

प्रशिक्षक : बाल गोपाल महर्जन

-एजेन्सी


प्रतिक्रिया दिनुहोस्