डुबेर बालिकाको मृत्यु

कञ्चनपुर / कञ्चनपुरको बेलडाँडी गाउँपालिका–५ झिलमिलाका गोविन्द पार्कीका छ वर्षीया छोरी रोशनीको नहरमा डुबेर मंगलबार मृत्यु भएको छ ।

नहरको डिलमा खेल्दै गरेका बेला रोशनी नहरमा खसेर डुबेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताउनुभयो । यसैगरी महाकाली नदीमा आज पहिचान खुल्न नसकेको अन्दाजी ४५ वर्षीय व्यक्तिको शव फेला परेको छ । नदीको बीच भागमा शव रहेको छ । नदीमा पानीको बहाव उच्च भएकाले शव निकाल्न नसकिएको प्रहरी नायब उपरीक्षक सेटीले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्