बिश्वमै पहिलो पटक अपाङ्गता मिस्टर एण्ड मिस नेपाल २०७५ हुदैँ

-बि. पि. साम्याङखाम

काठमाडौं, १० असोज / राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा बिकास केन्द्र, युनिभर्सल मिडिया ग्रुप र इन्टरनेशनल मिडिया हबको संयुक्त आयोजनामा पहिलो पटक अपाङ्गता मिस्टर एण्ड मिस नेपाल २०७५ हुने भएको छ । बागबजारको हार्दिक होटलमा राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा बिकास केन्द्र, युनिभर्सल मिडिया ग्रुप र इन्टरनेशनल मिडिया हबले पत्रकार सम्मेलन गरि अपाङ्गता मिस्टर एण्ड मिस नेपाल २०७५ हुने घोषणा गरेको हो । आयोजकले पत्रकार सम्मेलन माझ बिभिन्न अपाङ्गहरुलाई सम्मान पनि गरेकोछ ।

राष्ट्रिय जनगणना २०६८ को तथ्यांक अनुसार नेपालमा पाँच लाख १३ हजार ३२१ जना अर्थात कुल जनसंख्याको १.९४ प्रतिशत अपाङ्गता भएका व्यक्ति रहेको छन् । अहिले त्यो संख्या अझै बृद्वि भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार अर्धबिकसित तथा अविकसित देशहरुमा अपाङ्गता भएका व्यक्तिहरुको संख्या १० देखि १५ प्रतिशत रहेको छ । बिश्व स्वास्थ्य संगठनको तथ्यांकलाई आधार मान्ने हो भने नेपालमा ३० लाख भन्दा बढि अपाङ्गता भएका ब्यक्ति रहेको अनुमान गरिएको छ ।

अपाङ्गता भएका व्यक्तिहरु समाजमा आफ्नो भूमिका प्रदशन गर्न काम तथा रोजगारीमा सामेल हुन अनि गुणस्तरीय तथा सम्मानजनक जीवनयापनबाट वञ्चित रहने गरेको छ । यही बिद्यमान रहेको बेला राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा बिकाश केन्द्र, गुनिभर्सल मिडिया हबको संयुक्त आयोजनामा बिश्वमा पहिलो पटक अपाङ्गता मिस्टर एण्ड मिस नेपाल २०७५ आयोजना हुने भएको हो । प्रतिभावन अपाङ्गता भएकाहरुलाई टेलिभिजन रियालिटी शो कार्यक्रम आफ्नो कला प्रस्तुत गर्ने उपयुक्त थलो हुने आयोजकले विश्वाश लिएको छ । मिस्टर एण्ड मिस नेपाल फर डिसाविलिटी २०१८ रियालिटी शो सात वटै प्रदेशमा आयोजना हुने भएको छ ।

देशभरबाट यस रियालिटी शोमा ३ हजार भन्दा बढी सहभागी हुने आपेक्षा गरिएको छ । विभिन्न विधामा हुने रियालिटी शोबाट छानिएका अन्तिम ३५ जनालाई टेलिभिजन कार्यक्रम मार्फत दर्शकमाझ प्रस्तुत हुने छन् । १६ देखि ६० वर्षका अपाङ्गता भएकाहरु सहभागी हुने यस रियालिटी शोमा १० जना अन्तिम प्रतिस्प्रर्धामा जानेछन् । तीमध्ये एक जना प्रत्येक साता बाहिरिनेछन् ।

रियालिटी शो बिजेताले चार चक्के मोटरसाइकल सहित नगद तिन लाख रुपैँया र गिफ्ट ह्याम्पर पाउनेछन भने फस्ट रनर अपले तिन लाख रुपैयाँ र गिफ्ट ह्याम्पर तथा सेकेन्ड रनर अपले दुई लाख रुपैयाँ र गिफ्ट ह्याम्पर पाउनेछन् । कार्यक्रमबाट गायन, नृत्य, नाटक, वाक कला, चित्रकला, फेशन शो र बडी शो, ह्रिवल चियर क्याटवाक जस्ता विविध अपाङ्गता भएका प्रतिभाहरुको हौसला र राष्ट्रिय कलाकार बन्ने चाहना साथै समाजमा स्थापित हुने अवसर प्रदान होस् भन्ने उदेश्यले यो कार्यक्रम गर्न लागेको निलकण्ठ पौडेलले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्