गोरखाका कुमार रानाको उद्धारका लागि व्लडमनी डोनेसन अभियान

गोरखा संबादाता

गोरखा १८ चैत / विगत सात महिनादेखि साउदीमा जेलजीवन बिताइरहेका गोरखा भिमसेन गाउपालीका ७ बोर्लाङका कुमार रानाको जीवन रक्षाका लागि ‘ब्लडमनी डोनेसन’ अभियान, गरिएको छ । पीडितको तर्फबाट रानामगरको जीवन रक्षाका लागि रकम संकलन समिति नै गठन गरेर अभियान शुरु गरिएको अभियानका संयोजक कृष्ण ढकालले जानकारी दिनुभयो ।संयोजक ढकालले सबै नेपालीलाई सक्दो सहयोग गर्नका लागि अपिल गर्नुभएको छ । बोर्लाङ स्थायी घर भई काठमाण्डौ बस्दै आएका युवाहरुको संक्रिय सहभागितामा अभियान शुरु भएको हो । रानाको उद्धारका लागि गोरखामा पनि खाता सन्चालन गर्ने तयारी भइरहेको संयोजक ढकालले जानकारी दिनभुयो ।

कुमार राना

सवै नेपालीले थोरै–थोरै मात्र भएपनि सहयोग गरे कुमारलाई नेपाल फर्काउन सकिने भन्दै समितिले सवैलाई आफ्ना–आफ्नो ठाउँबाट सहयोग गर्न अपिल गरेको हो । रानाको जीवन रक्षाका लागि सहयोग गर्न चाहनेहरुले प्रभु बैंक कलंकी शाखा काठमाडौंमा रहेको खाता नम्बर ०३९ ०१००१००६५६९०००००१ मा पनि रकम जम्मा गर्न सकिने संयोजक ढकालले जानकारी दिनुभयो । कुमार राना मगरकी श्रीमती अम्बिका रानामगरले साउदीमा जेलजीवन बिताइरहेका आफ्ना श्रीमान रानाको उद्धारमा साथ दिन आग्रह गर्नुभएको छ । अम्बिकाले भन्नुभयो “मेरा श्रीमान विगत छ वर्षदेखि वैदेशिक रोजगारीमा जानुभएको थियो, गत असोज १० गतेदेखि साउदीको जेलमा जीवन बिताइ रहनु भएको छ ।

घरपरिवारको गास, बास र कपासको बन्दोबस्त गर्ने बिदेशिनु भएका श्रीमान जेल परेको थाहा पाएदेखि राना परिवारमा बज्रपात नै परेको छ । विदेश जानुभएका श्रीमानको ७ महिना बितिसक्दा पनि कतैबाट उद्धारको पहल नभएकाले श्रीमती अम्बिका दिनदिनै यताउती धाईरहनु भएको छ । द गोर्खाज नामक म्यानपावरबाट साउदी गएका कुमारको उद्धारका लागि अहिले सम्म कम्पनी समेत कुनै पहल नगरेको आफ्न्तहरुले बताएका छन् । श्रीमती अम्बिकाले भन्नुभयो “गएको चैत १२ गते उहाँले रोकिराख्नुभएको गाडीमा पछाडिबाट आएको गाडीले ठक्कर दियो र त्यही केशमा उहाँलाई विभिन्न कागजमा सही गर्न लगाएर फसाइएको भन्ने सुन्नमा आएको छ ।” कम्पनीका मालिकले घाइते साउदी नागरिकसँगको मिलापत्र कागजको नाममा हस्ताक्षर गर्न लगाएर कुमार रानालाई फसाइएको पीडित परिवारको दाबी छ ।

पीडित परिवारले नक्कली कागज बनाएर आफ्नो मान्छेलाई फसाइएको भन्दै जेलजीवन बिताइरहेका कुमार रानालाई तत्काल उद्धार गर्न सरकारसँग आग्रह समेत गर्नुभएको छ । रानाकी श्रीमती, दुई छोरी र एक छोरा छन् । उहालाई उद्धार गर्नका लागि नेपाली करिव ८३ लाख रुपैयाँ लाग्ने परिवारले बताएको छ । परिवारले आफूनो आर्थिक अवस्था कमजोर भएकाले श्रीमानका ज्यान बचाई दिन अम्बिकाले सवैलाई आग्रह गर्नुभएको छ ।


प्रतिक्रिया दिनुहोस्