मुख्यमन्त्रीमा प्रदेश नम्बर–१ बाट शेरधन राई नियुक्त, भोलि सपथ

विराटनगर, २ फागुन।  प्रदेश १ को मुख्यमन्त्रीमा शेरधन राई आज नियुक्त भएका छन् । मुख्यमन्त्री राईले भोलि सपथ लिनेछन् ।
प्रदेश प्रमुख डा. गोविन्द सुब्बाले एमाले संसदीय दलका नेता राईलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

संविधानको धारा १६८ को उपधारा १ अनुसार प्रदेशसभामा बहुमत प्राप्त संसदीय दलका नेता राईलाई मुख्यमन्त्री नियुक्त गरको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । एमालेले राईको नेतृत्वमा सरकार गठन गर्न सोमबार आफ्नो दाबी प्रस्तुत गरेको थियो । ९३ सदस्यीय प्रदेशसभामा एमालेको एकल बहुमत छ । एमालेका ५१ सांसद छन् ।


प्रतिक्रिया दिनुहोस्