ताप्लेजुङ सरोकार समाजको कार्यक्रम ३० तस्विरमा हेर्नुहोस्

काठमाडौं २१ पौष / ताप्लेजुङ सरोकार समाजको अध्यक्षमा डम्बर बहादुर तुम्बाहाङ्फे निर्बिरोध चयन भएका छन्।

आज काठमाडौंको धुम्बाराही स्थित एस आर पार्टी प्यालेसमा हजारौं जिल्लाबासीको उपस्थितीमा सम्पन्न घोषणा सभा कार्यक्रमबाट संयोजक डम्बर बहादुर तुम्बाहङफेको नेतृत्वमा १११ सदस्यीय तदर्थसमिति चयन भएको हो ।

हजारौं जिल्लाबासीको उपस्थितीमा सम्पन्न कार्यक्रममा यस समाजले ताप्लेजुङ भवन निर्माण गर्ने,कुम्भकर्ण आपतकालिन कोष स्थापना गर्ने,पाथीभरा अक्षयकोष स्थापना गर्ने,कञ्चनजङघा लगानी सहजीकरण समूह स्थापना गर्ने र सामाजिक आर्थिक रुपान्तरण कार्यक्रम स्थापना गर्ने घोषणा समेत गरे्को छ ।

तदर्थ समितीको उपाध्यक्षमा क्रमस रमेश बराल, युवराज गुरुङ,इन्द्र बहादुर शेर्पा,श्रीमती तारा श्रेङ चोङबाङ र टिका गुरुङ रहेका छन् ।

महासचिवमा अग्नि पौडेल र उप ( महासचिबहरुमा क्रमस चैतन्य तुम्बाहाङ्फे, तिल प्रसाद श्रेङ,हरि थलङ क्षितिज थेबे र याङजोम शेर्पा रहेका छन् । त्यसैगरि कोषाध्यक्षमा हरि थापा रहेका छन् । जिल्लाको प्रत्येक गाँउपालिकाहरुको संयोजक पनि तोकिएको छ । गाँउपालिकाहरुको संयोजकहरुलाई सचिब पदमा समेटिएको छ ।

सचिबहरुमा क्रमस सिदिङबा गाँउपालिकाबाट खगेन्द्र राई, सिरिजङघा गाँउपालिकाबाट प्रवास इवारम,पाथिभरा याङवरक गाँउपालिकाबाट देउमान बिष्ट,फुङलिङ नगरपालिकाबाट प्रेम गुरुङ,आठराई त्रिवेणी गाँउपालिकाबाट मलिसा यक्सो,मैवाखोला गाँउपालिकाबाट योगेन्द्र नेयोङ,मेरिङदेन गाँउपालिकाबाट कमल श्रेङ,मिक्वाखोला गाँउपालिकाबाट मान थलङ,फक्ताङलुङ गाँउपालिकाबाट मुक्ती लाबुङ रहेका छन ।
कार्यक्रममा उदघाटनका लागि सबै जातीका कन्याहरुलाई अतिथी बनाई कार्यक्रमको उदघाटन गरिएको थियो । कार्यक्रममा बिभिन्न जातीको धामी झाँकी प्रदर्शन सहित नेपाली तारा दिपक लिम्बु लगायत अन्य धेरै राष्ट्रिय स्तरका कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो ।

फोटो : लोकेश लिबाङ लिम्बू


प्रतिक्रिया दिनुहोस्