बाम ‘एकताको काम ९५ प्रतिसतले सकियो; ओली प्रधानमंन्त्री बन्ने पक्का

काठमाडौं २ फागुन । नेकपा एमाले र माओवादी केन्द्रले पार्टी एकताका लागि गठन गरेको पार्टी एकता संयोजन समितिको बैठक सकिएको छ । तर, एकताको लागि अन्तिम टुंगो भने लागेन ।

ललितपुरस्थित एक उद्योगी शरदप्रसाद अधिकारीको घरमा बसेको बैठकले पार्टी एकताको लागि दुई समिति बनाउने निर्णय गरेको छ । संगठनात्मक संरचना र सिद्धान्तको लागि गृहकार्य गर्न दुई कार्यदल बनाउने निर्णय गरेको छ । तर, समिति भने भोली बस्ने समितिले बनाउने छ ।

बैठकपछि एमाले वरिष्ठ उपाध्यक्ष वामदेव गौतमले एकताको ९५ प्रतिसत काम सकिएको बताए ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठका अनुसार वैचारिक नीतिलाई शुत्रबद्ध गर्ने विषयमा थप छलफलको आवश्यकता भएकाले बिहीबार पुन बस्ने गरी संयोजन समितिको बुधबारको बैठक स्थगित भएको हो ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै नेता श्रेष्ठले भने, ‘पार्टी एकताका विषयमा संयोजन समितिमा सकारात्मक छलफल भएको छ । एकता चाँडै हुन्छ । तर, वैचारिक नीतिलाई कसरी शुत्रबद्ध गर्ने भन्ने विषयमा थप गृहकार्य आवश्यक भएकाले बैठक पुनः भोलि बस्नेगरी आजका लागि स्थगित भएको छ ।’

दिनभर दौडधुप
आज नै पार्टी एकताको बिषयमा निर्णय गर्न बसेको एमाले स्थायी कमिटि र माओवादीको सचिवालय बैठक सम्पन्न भएको छ । एमाले बैठक मानभवन र माओवादी बैठक खुमलटारमा बसेको थियो ।

एमाले बैठकले एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीकोरुपमा अगाडि बढाउने भएको छ । बैठकमा आजै बसेको माओवादी अध्यक्ष प्रचण्डसँगको वान टु वान वार्ताबारे ओलीले व्रिफिङ गराएका थिए ।

बैठकमा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षमा आलोपालो गर्ने सहमित भएको जानकारी दिएका थिए । नेता सुरेन्द्र पाण्डेले माओवादी केन्द्रसँगको एकतामा प्रधानमन्त्री र अध्यक्ष आलोपालो गर्ने सहमति भएको जानकारी दिए। फेरी, ओली र प्रचण्डको वान टु वान वार्ता हुने र पार्टी एकता संयोजन समितिको बैठक बस्ने उनले जानकारी दिए ।

एकता संयोजन समितिको बैठकअघि बसेको माओवादी केन्द्रको केन्द्रीय कार्यालय जारी बैठकले पार्टी एकता टुङ्ग्याउने जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको छ। बैठकमा प्रचण्ड सहअध्यक्ष हैन, अध्यक्ष नै हुनुपर्नेमा जोड दिइएको एक नेताले बताए ।

पार्टी अध्यक्ष प्रचण्डको निवासमा खुमलटारमा बसेको शीर्ष नेताहरुको बैठकले नेताहरुले आलोपालो प्रधानमन्त्री हुनेबारे एमाले अध्यक्ष ओलीसँग लिखित रुपमै सम्झौता गर्न अध्यक्ष प्रचण्डलाई दबाब दिएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्