आफूलाई गाली गर्नेविरुद्ध शंकर विसीले दिए प्रहरीमा उजुरी

काठमाण्डौ, २१ चैत । कलाकार शंकर विसीले आफूमाथि जातिय गाली गलौच गर्ने बिरुद्ध साइबर क्राइम अन्र्तगत उजुरि दिएका छन् । महानगरीय अपराध शाखा टेकु काठमाडौंमा गएर उनले आफू उपर जातिय गाली गलौच गर्ने बिरुद्ध सोमबार कारवाहीका लागि उजुरि दिएका हुन् ।

                                                             शंकर बिसी

केही कलाकार, दलित अधिकारकर्मी सहितको टोली प्रहरीमा पुगेर उजुरि गर्दा गरेको संचारकर्मी तथा दलित महिला अधिकारकर्मी सरु सुनारले बताइन् । कलाकार शंकर बिसीले दिएको उजुरीका आधारमा दोसी उजर आवश्यक अनुसंन्धान सुरु भइसकेको र कानुन बमोजिम कारवाही हुने महानगरिय प्रहरी परिसर टेकु काठमाडौंका डिएसपी मोहन थापाले जानकारी दिए । कलाकार विसीले पत्रकारलाई धम्की दिएको विषय युट्युवमा चर्चामा आएसँगै कतिपयले यसलाई जाजिय रुपमा समेत जोडेर उनी विरुद्ध प्रतिक्रियाहरु दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्