सगदावा भनेको के हो ?


काठमाण्डौ असार २ / धेरै मानिषलाई थाहा नहुन सक्छ सगादावा भनेको के हो त ? हाम्रो अरुण पोष्ट सँग लेखक तथा अनुसन्धानकर्ता हिमालयन शेर्पा साँस्कृतिक केन्द्रका महासचिव सेर्कु शेर्पासँग गरिएको कुराकानि यस प्रकारको छ


सुर्य पात्रोमा जस्तै हिमाली भोट चन्द्र पात्रोमा पनि बाह्र महिनाहरुका नाम रहेका छन् । तसर्थ हिमाली भोट चन्द्र पात्रो अनुसार चौथो महिनालाई सगदावा भनिन्छ । यस महिनालाई हिमाली बौद्धमार्गीहरूले एक पवित्र महिनाको रुपमा लिने गर्दछ । विशाखा नक्षत्रको नामबाट रहन गएको यो महिनालाई हिमाली बौद्धमार्गीहरूले सग विशाखा दावा महिना ‘सगदावा’ भनिएको हो ।

यो महिनामा पुण्य, पाप जुन सुकै कार्य गर्दा पनि लाखमा परिवर्तन हुने जन विश्वस रहेको छ । तसर्थ यस महिनालाई बुम ग्युर दावा (लाक परिवर्तन महिना) पनि भन्ने गर्दछ । शाक्यमुनि बुद्धको जन्म, बुद्धत्व प्राप्त र महापरिनिर्वाण हुनु भएको त्रिसंयोग महापुण्य तिथि भोट पात्रो अनुसार यस महिनामा पर्दछ ।


विशेष गरी यो महोत्सव बुद्धजयन्तीलाई लक्षित गरी मनाइने भए तापनि हिमाली बौद्धमार्गीहरूको समाजमा यो पर्व बुद्ध जयन्तीको ठीक एक महिना पछि पर्दछ । तर नेपालमा प्रचलित पात्रोमा चन्द्र अधिकमास परेको वर्ष भने एकै महिनामा पर्ने गर्दछ । हिमाली बौद्ध धर्मावलम्बीहरुले यस पवित्र महिनामा शाकाहारी भोजन गर्दछ । ।

यस महिनाको चर्तुदशीका दिन काठमाडौं स्थित बौद्धनाथको १०८ पटक परिक्रम अथवा स्वयंभुनाथको १३ पटक परिक्रम बोद्ध धर्मावलम्बीहरुले गर्ने प्रचलन छ साथै बौद्धमार्गिहरुले यस पवित्र महिनामा ञ्युङ्ने व्रत, गोन्पाहरुमा कंग्युर बुद्ध वाचन पढाउने, धार्मिक प्रर्वचन दिने, पाठपूजा गर्ने, नगद दान, भोजन दान, रक्तदान साथै पवित्र तिर्थास्थालहरु गुम्ने कार्य गर्दछ । यसरी धार्मिक कार्य गरेमा आफुले गरेको पुण्य लाखमा परिवर्तन हुने जनाविश्वसका साथ यो धर्मिक पर्व परम्परागत रुपमा मनिन्दै आएको पाईन्छ ।


प्रतिक्रिया दिनुहोस्