महिला मन्त्री बनेकी थममाया को हुन् ?

प्रधानमन्त्री केपी शर्मा ओलीले समानुपातिकबाट सांसद बनेकी थममाया थापामगरलाई महिला तथा बालबालिका मन्त्रीमा नियुक्त गरेका छन्।
थममाया पहिलोपटक मन्त्री भएकी हुन्।

उनी २०४८ सालको निर्वाचनमा म्याग्दीबाट प्रत्यक्ष निर्वाचित भएकी थिइन् भने २०५६ सालमा राष्ट्रिय सभा सदस्य बनेकी थिइन्। २०६४ सालमा एमालेले उनलाई समानुपातिक सांसद बनाएको थियो। तर २०७० मा २०६४ मा एमालेले समानुपातिक सांसद बनेका कसैलाई पनि नदोहोर्‍याउने निर्णय गरेपछि उनी बाहिरै परेकी थिइन्।

यसपटक उनलाई एमालेले समानुपातिबाट सांसद बनाएको हो। उनी एमालेमा इमान्दार नेतृको रुपमा चिनिन्छिन्।

एमाले पोलिटब्युरो सदस्य समेत रहेकी थापामगर पार्टीको भातृ संगठन अखिल नेपाल महिला संघकी महासचिव हुन्।

५९ वर्षीया थापा म्याग्दीमा जन्मिएकी हुन्। उनी २०४० सालदेखि सक्रिय राजनीतिमा छिन्।


प्रतिक्रिया दिनुहोस्