प्रधानमन्त्री ओलीले गरे पदभार ग्रहण पछि यस्तो घोषणा

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २ वर्ष भित्र सबै गाउँपालिका र नगरपालिकामा प्राविधिक शिक्षालय स्थापना गर्ने घोषणा गरेका छन् ।

बिहिबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा पदभार ग्रहण गरेलगत्तै उनले संचारकर्मीमाझ सिटीईभिटीबाट मान्यता प्राप्त प्राविधिक शिक्षालय सबै गाउँपालिका र नगरपालिकामा स्थापना गर्ने घोषणा गरेका हुन् ।
प्रधानमन्त्री ओलीले संघीय संसदको भवन पनि २ वर्ष भित्रै निर्माण गर्ने योजना पनि अघि गरे ।
संसदका सम्पूर्ण गतिविधि संचालन हुने गरी २ वर्ष भित्र भवन निर्माण गर्न भोलीबाटै काम सुरु गर्ने उनको योजना छ । प्रधानमन्त्री ओलीले लोकतान्त्रिक मूल्यमान्यता बमोजिम जनताको इच्छा, आकांक्षा र आवश्यक्ता पूरा हुने गरी आफूले शासन संचालन गर्न प्रतिवद्धता पनि व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले पदभार ग्रहण गरेलगत्तै समृद्ध नेपाल र सुखी नेपाली बनाउन सबै तहको सरकारलाई जनमुखि, प्रभावकारी र सवल रुपमा संचालन गर्नेलगायतका ५ वटा निर्णयमा हस्ताक्षर पनि गरेका छन् ।
जसमा आर्थिक समृद्धिका लागि कृषिको व्यवसायीकरण, शिक्षा, स्वास्थ्य, खानेपानीको आपूति व्यवस्थामा जोड दिने उल्लेख गरिएको छ ।
प्रधानमन्त्री ओलीले बाह्य लगानीका लागि अनुकूल वातावरण निर्माण गर्न आफूले प्राथमिकता दिने पनि बताए ।
उनले भ्रष्टाचार नियन्त्रणका लागि शुन्यसहनशीलताको नीति लिने पनि स्पष्ट पारे ।

ओलीले २०७२ सालमा पहिलो पटक प्रधानमन्त्रीको पदभार ग्रहण गर्दा २ वर्ष भित्र देशभरका तुईन हटाउने निर्णय गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्