आगामी निर्वाचनमा पार्टीलाई पहिलो बनाउन जनता केन्द्रित बनाउन अबको जागरण : नेता शाह

दैलेख असोज ८ / नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले पार्टीले सुरु गर्ने तेस्रो जागरण अभियानलाई जनता केन्द्रित बनाउन पर्ने बताएका छन। आज दैलेखको दुल्लुमा भएको नेपाली कांग्रेसको कार्यक्रमलाई सम्बोधन गर्दै शाहले राजनीति समृद्ध राष्ट्र र सुखी जनताका निम्ति भएको भन्दै कांग्रेसले ग्रामीण क्षेत्रमा जनताले भोगेका समस्या केके छन भनेर केलाउन पर्ने उल्लेख गरे।

तेस्रो जागरण अभियानबाट जनताका समस्यालाई बुझेर त्यही अनुसार कांग्रेसले आगामी निर्वाचनमा पार्टीको घोषणा पत्र बनाउनु पर्नेमा पुर्व उपाध्यक्ष शाहको जोड थियो। उनले नयाँ मतदातालाई कांग्रेस तिर आक्रशित गर्न कांग्रेसले पार्टी भित्रको आन्तरिक किचलोलाई समयमै सुल्झाउन जरुरी भएको जिकिर गरे।

दोस्रो पहिलो जागरण अभियान बाटै जनताको समस्या बुझ्न पर्ने थियो तैपनि अझै समय छ अब तेस्रो जागरण अभियानबाट कांग्रेसले ग्रामिण क्षेत्रमा जनताले कस्तो प्रकारका समस्याको सामना गरिरहेका छन भनेर बुझ्न पर्ने शाह तर्क छ।


प्रतिक्रिया दिनुहोस्