आस्था राउतमाथि छानविन हुने

काठमाडौं २ माघ / गायिका आस्था राउतले आफूलाई महिला प्रहरीले असभ्य व्यवहार गरेको भन्दै भिडिओ सार्वजनिक गरेपछि प्रहरीले छानबिन गर्ने भएको छ। नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्रीले महानगरीय प्रहरी कार्यालय, काठमाडौंलाई यसबारे छानबिन गर्न निर्देशन दिइसकेको बताएका छन्।

‘छानबिनको निम्ति हामीले सम्बन्धित प्रहरी कार्यालयलाई भनेका छौं,’ उनले भने, ‘एयरपोर्ट महानगरीय प्रहरी कार्यालयको मातहतमा पर्ने भएकोले त्यहाँ भनेका छौं।’

बुधबार सिक्किम जाँदै गरेकी गायिका राउतले त्रिभुवन विमानस्थलमा खटिएकी महिला प्रहरीले आफूलाई असभ्य व्यवहार गरेको भन्दै भिडयोमा आक्रोश पोखेकी थिइन्।

भाइरल भएको उक्त भिडिओ बिहिबार राउतले आफ्नो फेसबुकबाट हटाई सकेकी छिन् ।


प्रतिक्रिया दिनुहोस्