रीता फोम्बोको निङ्वासुम –२ को गीत म्युजिक भिडियो सार्वजानिक

काठमाडौं, ८ माघ । रीता फोम्बो ठूलीको रचना, संगीत र स्वरमा यक्लागेन बोलको लिम्बू गीत लिम्बू कल्चर युनिटी को अफिसियल युट्युव च्यानल मार्फत सार्वजानिक गरिएको छ । फोम्बो ठूलीको अघिल्लो एल्बम निङ्वासुमको सफलता पश्चात यो निङ्वासुम २ मा समेटिने गरी म्युजिक भिडियो सार्वजानिक गरिएको हो ।


फोम्बोलाई नरेन्द्र योङहाङ र विष्णु सेर्माले स्वरमा सघाएका छन् भने योङहाङले रचना र संगीतमा पनि सघाएका छन् ।। याक्थुङ केलाङ सयङको कोरियोग्राफ, मेघराज मगरातीको छायांकन, विकाश दाहालको सम्पादन रहेको भिडियो लोकेन साँवाले निर्देशन गरेका हुन् ।

गीता फोम्बो, सीता फोम्बो लावती तथा पवित्रा फोम्बोको निर्माण रहेको म्युजिक भिडियोलाई विरुहाङ सम्बाहाम्फे, गजेन्द्र सम्बाहाम्फे, शर्मिला लिम्बू, सरिता लिम्बूको सहनिर्माण रहेको छ ।निङ्वासुम –२ सुर्य खापुङ लिम्बूको दोश्रो प्रस्तुति हो ।

भिडियो

https://youtu.be/8Il_Z8jhrYM


प्रतिक्रिया दिनुहोस्