मिस इको इन्टरनेशनलका लागि इजिप्ट तिर मौनता

 

काठमाडौं /  अन्तराष्ट्रिय सौदर्य प्रतियोगीता ‘मिस इको इन्टरनेशनल २०१८’मा नेपालको प्रतिनिधित्व मौनता लामाले गर्ने भएकी छन् । १० अप्रिल देखि ३० अप्रिलसम्म इजिप्टमा आयोजना हुने उक्त प्रतियोगीतामा सहभागीता जनाउन लामा सोमबार राती १२ बजे त्यसतर्फ  उड्दै छिन् ।

६० देशका इको सुन्दरीहरुको सहभागीता रहने प्रतियोगीताका लागि नेपालबाट उनी एक्लो सहभागी हुन् । नेपालका लागि अधिकार प्राप्त संस्था ग्रीन आर्ट मिडियाले राजधानीमा एक कार्यक्रमको आयोजना सहित उनलाई ‘मिस इको इन्टरनेशनल नेपाल २०१८’को ताज लगाउदै प्रतियोगतिाका लागि चएन गरेको थियो ।
लामा नेपालको चौथो सहभागी हुन् । यस अगाडी प्रतियोगीता प्रिन्शा श्रेष्ठ, नग्मा श्रेष्ठ र गतबर्ष रोनाली अमात्यले सहभागीता जनाएका थिए ।
कपन निवासी १८ बर्षीय लामाले नेपालाई अन्तराष्ट्रिय स्तरमा चिनाउन यो राम्रो प्लेटफर्म भएको बताइन् । उनले भनिन् ‘नेपालको कल्चरल ड्रेस र देशमा रहेको सांस्कृतीक र प्रर्यटकिय स्थानको पहिचान सहितको डकुमेन्ट्री लिएर प्रतियोगीतामा आफु सहभागी हुन लागेको हो ।’उनी प्रतियोगीतामा तल उल्लेखित थिमका ड्रेस सहित सहभागी लागेको ग्रिन आर्ट मिडियाका सिइयो प्रविन लाकौलले बताए ।

१ इको ड्रेस
यसलाई सिम्रिक डिजाइन स्टुडियोकी प्रज्ञा चित्रकारले डिजाइन गरेकी हुन ।
यो ड्रेसको कन्सेप्ट डिजाइन “रिसाइकल र रियुज” अन्तर्गत गरिएको हो । पुरानो टी–सर्टलाई पुनरप्रयोग डाईको प्रयोग गरिएको छ । यसलाई हिमाल, पहाड र तराई क्षेत्र देखिने गरि राखिने छ ।
२ राष्ट्रिय पहिरन
यसलाई प्रज्ञा चित्रकारले नै डिजाइन गर्नेछिन । राष्ट्रिय पहिरन शिर्षकमा अन्तर्गत उनी आफूलाई बसुन्धाराको रुपमा प्रस्तुत गर्दै छिन् । बसुन्धारा पृथ्वीको देवीको रुप हो । यी देवीलाई पृथ्वलाई यसको प्राकृतिक स्वरुपमा श्रृङ्गार्ने सामर्थ भएको विश्वास गरिन्छ ।
यस अन्तर्गतको पहिरनमा पहेलो रङ्ग धेरै प्रयोग गरिनेछ । पहेलो प्रजननको रङ्ग हो । यो पुरा पहिरनमा पवित्र तत र पञ्चतत्व जनाउने चिजहरु राखिन्छ । यो पहिरन सँगै शिरमा तामासँगै क्रिस्टल, मुगा लागइनेछ । यी पत्थरलाई शुद्ध रुपमा पाइन्छ । यो ताजमा पनि धार्मिक चिन्हहरु राखिनेछ । यसमा पवित्र चिन्ह जनाउन अनन्त गाठो र ओम मणी पद्ये हुँ लेखिएको हुनेछ ।


प्रतिक्रिया दिनुहोस्