अभियान कृषि सहकारी संस्थाको शाखा कार्यालय उद्घाटन सम्पन्न

काठमाडौं । अभियान कृषि सहकारी संस्थाको शाखा कार्यालय काठमाडौं स्थित चावाहिलमा खुलेको छ । ललितपुर हरिसिद्धीमा मुख्य कार्यालय रहेको अभियान कृषि सहकारी संस्थाको शाखा कार्यालय एक कार्यक्रमकाबीच उदघाटन भएको हो । संस्थाका अध्यक्ष छिरिङ लामाको अध्यक्षतामा भएको कार्यक्रममा काभ्रेस्थली, हरिसिद्धि , चावाहिल र बौद्ध जोरपाटीका सबै शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष लामाले सबै कृषकहरुको हक हितको लागि आफू सदैव लागिरहने र जुन किसानहरूले उत्पादन गरेको सबै वस्तुको उचित बजार व्यवस्थापन र बजारीकरणमा सक्रिय भएर लाग्ने बताउनु भयो ।

साथै अध्यक्ष लामाले सहकारीका सदस्यहरुलाई सहज ढंगबाट सेवा उपलब्ध गराउने हेतुले सहकारीको शाखा स्थापना गरेको बताउनुभयो । राज्यले दिने अनुदान सक्कली कृषकले भन्दा नक्कली कृषकले बढी उपयोग गरेको समेत आरोप लगाउनु भयो । यस्तो प्रथालाई अन्त्य गर्न आफूले सक्दो प्रयास गर्ने समेत प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रमको सञ्चालन संस्थाका सचिव डिल्ली बेघा लिम्बूले गर्नुभएको थियो भने स्वागत मन्तब्य उपाध्यक्ष ठट बहादुर बानियाँले गर्नुभयो ।


प्रतिक्रिया दिनुहोस्