नेपाल पहिलो पटक शुरु भयो अनलाईनबाटै डिजाईन र प्रिन्ट सेवा

काठमाडौं । डिजिटल बजारलाई मध्यनजर गर्दै नेपालमा पहिलो पल्ट प्रिन्टिङ ईकमर्स शुरु भएको छ । विगत १५ बर्षदेखि डिजाईन र प्रिन्टिङ क्षेत्रमा काम गर्दै आएको प्रिन्टसेवा प्रा.लि.ले साउन २२ देखि प्रिन्टिङ इकमर्सको सुविधा सार्वजनिक गरेको हो।

कम्पनीले प्रिन्टिङ ईकमर्स वेबसाईट र एप्लीकेसनको सार्वजानिक गरी सेवा विस्तार गरी सकेको छ । यससँगै अब प्रिन्टसम्बन्धी सम्पूर्ण काम अनलाईनबाटै हुने भएको छ । अनलाईनमार्फत प्रिन्टिङ सेवा शूरु भएसँगै ग्राहकले अब समय र पैसा दुवैको वचत गर्न सक्ने कम्पनीको विस्वास छ। ग्राहकले प्रिन्टसेवामार्फत आफुले चाहेको प्रोडक्टको डिजाईन समेत आफैले गर्न सक्नेछन् । जसको लागि कम्पनीले वेबसाईटमा बिभिन्न टेम्प्लेटहरु उपलब्ध गराउनेछ । ग्राहकले अनलाईनबाटै आफ्नो अर्डरको ट्रयाकिङ र रि–अर्डर समेत गर्न सक्नेछन् ।

प्रिन्टसेवा मार्फत कागज, प्लाष्टिक, धातु, कपडा, रेग्जिन लगायतका सामाग्रीमा ३० भन्दा बढि मिडियाको प्रयोग गरी प्रोडक्ट तयार गर्न सकिने प्रिन्टसेवाका सिईओ सुरज राईले बताए । “अबदेखि घर, कार्यालय तथा अन्य निजी र व्यवसायिक प्रयोजनको लागि जस्तोसुकै प्रिन्टिङको कामको लागि डिजाईन हाउस र प्रिन्टिङ कार्यालय धाउनु पर्ने समस्या र झन्झटिलो प्रकृयाको अन्त्य भएको छ ।” राईले भनाई छ।

प्रिन्टसेवाको शूरुवाती दिनमै ग्राहकहरुको उत्साहजनक प्रतिक्रिया पाएको सेवा आरम्भ गरेसँगै ग्राहकहरुको अर्डर दिनप्रतिदिन बढ्दै गएको कम्पनी बजार व्यवस्थापक इरान लामाले बताए।प्रिन्टसेवाले ग्राहकहरुको सुविधाको लागि देशैभर सिपिङको समेत व्यवस्था गरेको छ । कम्पनीले स्ट्याण्र्डड र एक्प्रेस सिपिङ मार्फत ग्राहकले चाहेको घर, कार्यालाय वा अन्य ठेगानामा सिपिङ् गर्ने व्यवस्था गरिएको छ ।

के हो printsewa.com.np ?

नेपालको पहिलो प्रिन्टिङ इकमर्श वेभसाइट ।

के–के हुन्छ काम ?
हरेक किसिमको छपाईसम्बन्धी काम हुने ।
कागज, प्लास्टिक, मेटल, कपडा, फ्लेक्स, रेग्जिन आदिमा छाप्न सकिने ।
५० भन्दा बढी किसिमको पेपर, ३० भन्दा बढी मिडिया प्रयोग गरी प्रोडक्ट तयार गर्न सकिने ।
डिजिटल प्रिन्ट, अफसेट प्रिन्ट, स्क्रिन प्रिन्ट, रोलर प्रिन्ट, इचिङ, लेजर प्रिन्ट, युभि प्रिन्ट, हिट ट्रान्सफर जस्ता प्रिन्ट गर्न सकिने ।

५० भन्दा बढी प्रोडक्ट उपलब्ध, थपिने क्रम जारी ।
भिजिटिङ कार्ड, ब्रोसर, लिफलेट, लेटरहेड, आइडी कार्ड, खाम, डायरी, स्टाम, टि–सर्ट, क्याप, कि रिङ्, डटपेन, घडी, छाता, क्याटलग, कम्पनी प्रोफाइल, प्रोसपेक्टस, पोस्टर, टिकट, होर्डिङ बोर्ड, हाइवे बोर्ड, इन्डोर साइनेज, मग, प्लेट, कुरन, फोटो फ्रेम, कलर प्रिन्ट, मेनु, स्टेन्ड मेनु, क्यालेन्डर, एल्बम्, ग्रिटिङ कार्ड, ट्याठ, रेकर्ड फाइल, पत्रिका, किताब, ग्रन्ट, कपी, स्लिप, नोट कपी, ड्याङ्लर, स्टिमर, निमन्त्रणा कार्ड, टेबल टेन्ट, बट्टा, झोला, प्याकेजिङ, एक्त्रेलिक बोर्ड, फोरेक्स बोर्ड, स्टिकर, माउस प्याड, मोबाइ हाउजिङ आदि सहजै छाप्न सकिने, मात्र ३ स्टेपमा अर्डर गरी यहाँको लोकेसनमा डेलिभर हुने ।

आप्mनो डिजाइन नभए पनि अनलाइल डिजाइन गरी अर्डर गर्न सकिने अथवा रियल टाइम डिजाइनर हायर गर्न मिल्ने ।

नेपालको प्रायः वालेटबाट भुक्तानी गर्न मिल्ने ।

आफ्नो अर्डर ट्रयाक गर्न सकिने । इमेल वा एसएमएस नोटिफिकेसन प्रदान गरिने ।
आफ्नो सबै पुराना अर्डरहरु १ वर्षसम्म हेर्न वा रिअर्डर गर्न मिल्ने ।

नेपालको जुनसुकै ठाउँमा डेलिभरको सूविधा (अहिले काठमाडौंमा सीमित)

printsewa.com.np नै किन ?
विगत १२ वर्षदेखि हामी प्रिन्टिङ क्षेत्रमा काम गर्दै आएको संस्था हो । यसबीच हामीले छपाईसम्बन्धी धेरै भन्दा धेरै समस्याहरुको सामना गर्नु पर्‍यो । जस्तो प्रिन्ट क्वालिटी, पेपर क्वालिटी, छपाई ढिला हुने, सहि साइजको कटिङ नहुने, कुन प्रिन्ट कहाँ गर्नुपर्ने थाहा नहुने, कहिले पहुँच नहुने, छापी सकेपछि नि बाइन्डिङको समस्या, कहिलेकाँही छाप्न पेपर नपाउने, छाप्न पालो कुर्नु पर्ने, डिजाइन अनुसार आफनो ब्राण्ड कलर नमिल्ने, महँगो हुने, बजारमा नयाँ प्रविधि आएको थाहा नहुने, सहि भिडियो प्रयोग गर्न नसकिने, साना डिजाइन व्यवसायहरुको आफनै प्रिन्टर नहुने जहिले अरुकोमा प्रिन्ट गर्नुपर्ने ।

मुख्य समस्या स् ढिला हुने र झन्झट हुने, गुणस्तरमा सम्झौता गर्नुपर्ने

यस्तै समस्याबाट मुक्त पार्न हामीले यो क्षेत्रका लागि नयाँ इकर्मस वेभसाइट र एप्स ल्याएको छौ ।

printsewa.com.np को उद्देश्य
छपाई, ब्रान्डिङ र प्रचार प्रसारका सम्पूर्ण काम अनलाइनमार्फत गर्न मिल्ने (समय बच्ने र झन्झटमुक्त हुनेछ )
छपाई सेवा लिने र दिनेका लागि प्याल्ट फर्म बनाउने (व्यावसाय बढ्ने)
डिजाइ सेवा लिन र दिनका लागि पनि प्याल्ट फर्म बनाउने (झन्झट नहुने र रोजगारी बढ्ने)
नेपाली प्रोडक्ट विदेशमा निर्यात गर्ने–नेपाली कागजबाट बनेका सामग्री, हस्तकलाहरु (देशको आम्दानी बढ्ने )
उपभोक्तहरुलाई डाइरेक्ट सेवाप्रदायक संग जोड्ने (सस्तो र छिटो हुनेछ)
सामन्यब्यात्तीले नि डिजाइन गर्न सक्ने र अर्डर गर्न सक्ने वेभ र एप्स बनाउने (झन्झटमुक्त, सहज हुनेछ)
छिटो, गुणस्तरिय, भरपर्दो सेवाप्रदान गर्ने (डिजिट नेपाल हुन टेवा मिल्ने)
कगजको खपतकमगर्न भविष्यमा डिजिट कगजपत्रको विकास गर्ने, पेपर फ्रि राष्ट्र बन्ने । (वातावरण संरक्षण हुने र नयाँ प्रविधिको विकास हुने)

के छन् अफर ?
अहिलेको अफर स् निःशुल्क ५५५ पिस बिजिनेस कार्ड ।

सिपिङको व्यवस्था
प्रिन्टसेवाले ग्राहकहरुको सुविधाको लागि देशैभर सिपिङको समेत व्यवस्था गरेको छ । कम्पनीले स्ट्याण्र्डड र एक्प्रेस सिपिङ माफत ग्राहकले चाहेको घर, कार्यालाय वा अन्य ठेगानामा सिपिङ् गर्ने व्यवस्था गरिएको छ । वेभ तथा एप्स आफनो भगेनी कम्पनी क्रिनोभाले बनाएको हो ।


प्रतिक्रिया दिनुहोस्