षडयन्त्र गरेर कसैले अब वाम एकतालाई रोक्नेवला छैन: प्रचण्ड

५ फागुन, महोत्तरी । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम एकतालाई कसैले रोक्न नसक्ने बताएका छन् ।
 
हात्तीलेटमा आयोजित जनसभामा प्रचण्डले वाम एकता भाँड्न ठुलै चलखेल भइरहेको बताए ।
 
तर, कसैले षडयन्त्र गरेपनि वाम एकता भएरै छाड्ने उनको दाबी छ । ‘गठबन्धन फुटाउने षड्यन्त्र हुँदैछ, त्यसलाई अन्तिम समयसम्म पुरा हुन दिन्नँ’ उनले भने ।
वाम एकता भाड्न दक्षिणपन्थी र देशभित्रका बिरोधीहरु लागेको भन्दै उनले बिरोधीको एम्बुसमा कोही नेता कार्यकर्ता नपर्न र सचेत रहन समेत आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्