इटहरीबाट अटोमेटिक पेस्तोल सहित दुई पक्राउ

इटहरी । अमेरिकन मेड पेस्तोल सहित दुईजनालाई इटहरी प्रहरीले पक्राउ गरेको छ ।

सादा पोसाकको टोलीले इटहरी ५ जनता बस्तीबाट ९ एमएमको एक राउण्ड गोली र पेस्तोल सहित दुईजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा इटहरी ५ बस्ने बर्ष २२ को यामबहादुर लिम्बु र इटहरी ८ बस्ने बर्ष २१ को रोहन बस्नेत छन् ।

इटहरी ९ स्थित बसपार्कमा युवाहरु झगडा गर्न लागेको सुचनाको आधारमा प्रहरीको टोलीले निगरानी बढाएको थियो । सोही क्रममा लिम्बुको साथबाट युएस मेड अटोमेटिक पेस्तोल बरामद गरिएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी संञ्जय राउतले जानकारी दिए ।

पक्राउ परेका लिम्बु यस अघि पनि ज्यान मार्ने अभियोगमा तिन बर्ष जेल सजाय काटेका व्यक्ति हुन । पक्राउ परेका दुवैलाई हातहतियार तथा खरखजना ऐन अन्तर्गत कानुनी कारबार्ही गरिने डिएसपी राउतले बताए ।

इटहरी प्रहरीले यस अघि पनि खनारबाट कटुवा पेस्तोल र त्यसमा लाग्ने गोली सहित एक जनालाई पक्राउ गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस्