प्रधानमन्त्री र प्रचण्ड १ व्यापारीको घरमा ‘वान टु वान’ वार्ता जारी

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भक्तपुरको पुरानो ठिमीस्थित एक व्यापारीको घरमा ‘वान टु वान’ छलफल सुरू भएको छ।

सामान्यतया प्रधानमन्त्रीले आफ्नै निवास वा कार्यालयमा मात्र राजनीतिक भेटवार्ता गर्छन्। तर दुई पार्टीका नेताहरूले एकताको छलफल गर्न व्यापारीको घर रोजेका हुन्।

यसअघि दुई नेताले ललितपुरको मानभवनस्थित ठेकेदार शारदाप्रसाद अधिकारीको घरमा भेटवार्ता गर्ने गरेका थिए। प्रधानमन्त्री भएपछि ओलीले पुरानो ठिमीमा रहेको एक व्यापारीको घर रोजेका हुन्।

दुई नेताको छलफलपछि आजै एकता संयोजन समितिको बैठक बस्ने बताइएको छ। पार्टी एकताको विषय प्याकेजमा टुङ्गो लगाउने नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बताउँदै आएका छन्।

सरकार विस्तार, राष्ट्रपति र सभामुखको पद बाँडफाँट, एकतापछिको संगठन निर्माण र एकीकृत पार्टीको सैद्धान्तिक विषयमा प्याकेजमा सहमति जुटाउने प्रचण्डको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्