सुशिलको तिमी जादै छौ सार्वजनिक

 काठमाडौं / फिल्म लेखका रुपमा परिचित सुशिल पंगेनी आफ्नै स्वर्, शब्द र संगीतमा तिमी  जाँदैछौ बोलको गीत सार्वजनिक गरेका छन । झन्डै एक दशक अघीनै गीत रेकर्डिङ गराए तापनी आफुलाई फिल्मले खानमा हामेको सुशिले अहिले आएर बल्ल आफ्नो स्वरको गित दर्शक श्रोता माझ ल्याएका हुन ।

प्रेम पिडा भाव प्रस्तुत भएको तिमी जादै छौ बोलको सो गीतको भिडियो म्युजिक नेपालको च्यानल मार्फत बिहीवार सार्वजनिक भएको हो । शिव बिकले निर्धेसन गरेको रन्जन रिजाल र उषा खनालले अभिनय गरेकाछन । गीतले सकरात्मक प्रतिकृया पाइरहेको सुशिल बताउँछन ।

गायन , शब्द ,रचना तथा संगीतमा समेत दख्खल राख्न्ने सुशिलले जन्जिर ,टिजर , एउटा साथी , लक्ष लगायत झान्दै एक दर्जन फिल्मको स्क्रिप्ट लेखेका छन उनले लेखेका लक्ष फिल्म मा समाबेस अन्जु पन्तको स्वर को टेकेर दिलको दैलो बोलको गीत निकै चर्चित भएको थियो ।फिल्ममा लेखनका साथै अब गायन र संगीतलाई पनि एक साथ अघी बढाउने योजना सुशिलको छ ।

 


प्रतिक्रिया दिनुहोस्