फोरम आजै सरकारमा जाने, पदाधिकारी बैठकबाट निर्णय हुँदै।

नेपाल , १४ फाल्गुन २०७४

काठमाडौं । संघीय समाजवादी फोरम नेपाल आजै सरकारमा सहभागी हुने भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा फोरम जाने नजाने भन्ने अन्योल अन्त्य भएको र आजै सरकारमा जने तय भएको हो ।

अध्यक्ष उपेन्द्र यादवका प्रेस सल्लाहकार महेश चौरसियाले आजै सरकारमा जाने तयारी रहेको डिसी नेपाललाई जानकारी दिए । ‘आजै सरकारमा जाने भन्ने तय भएको,’ उनले भने ‘लिखित सहमति नभएपनि प्रधानमन्त्री र माओवादी अध्यक्षबाट संविधान संशोधनको वचन प्राप्त भएकोले सरकारमा जने निर्णय गर्न अहिले पदाधिकारी बैठक बस्दैछ ।’

फोरमलाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फोरम अध्यक्ष यादवसँग आजै छलफल गरेर सरकारमा सहभागी हुनेमा सहमति भएको हो ।

संविधान संशोधनमा प्रतिबद्धता खोजेका यादवले वाम गठबन्धनका दुई अध्यक्षसँगको ‘जेन्टलम्यान एग्रिमेन्ट’ पछि सरकारमा सहभागी हुने तय गरेपछि फोरम पनि सरकारमा जाने भएको हो । अहिले बसिरहेको पदाधिकारी बैठकले सरकारमा सहभागी हुने आधिकारिक निर्णय लिने चौरसियाले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्