इलाम निर्माण व्यवसायी संघको अध्यक्षमा चिपालु निर्वाचित

इलाम । नेपाल निर्माण व्यवसायी संघ इलामको आठौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा सुवास चिपालु निर्वाचित भएका छन्।

अध्यक्षमा निर्वतमान अध्यक्ष राजकुमार भक्तराजलाई २६ मत अन्तरले पछि पार्दै चिपालु निर्वाचित भएका हुन् । चिपालुले ६३ मत ल्याए भने भक्तराजले ३७ मत प्राप्त गरे ।

संघको उपाध्यक्षमा सुमन श्रेष्ठ, सचिवमा वीरेन्द्र कार्की निर्वाचित भए ।
त्यसैगरी सहसचिवमा हेमन्त गौतम, कोषाध्यक्षमा सन्तोष भक्तराज विजयी भएका छन् ।

यस्तै सदस्यमा निरोज राउत, दिनेश खड्का, पुजन श्रेष्ठ, सेवक देवान, मोहन अधिकारी र पुन्यकुमार मुखिया विजयी भएका छन् ।   रासस

राष्ट्रिय समाचार समिति


प्रतिक्रिया दिनुहोस्