‘बेचिदिन्थे यो जवानी’ बोलको गीत सँगै बबिनाको चर्चा चुलियो

प्रकाश लिङदेन

काठमाण्डौं, ११ जेठ / बेचिदिन्थे यो जवानी बोलको गीत आजभोली निक्कै चर्चामा छ । चलचित्र ‘मट्टि माला’मा रहेको यो गीतमा पृथक गायन शैली सँगै उदाएकी गायीका बबिना किराँती र बिक्रम राईले आवाज दिएका छन् ।

चलचित्र मट्टीमालाको ट्रेलर रिलिज सँगै यो आइटम गीत र गायीकाको चर्चा भइरहेको छ । यो गीतको भिडियोमा चर्चित नायीका प्रियंका कार्कि, लोकप्रिय अभिनेता बुद्धी तामाङ,सीसीर राना, पृथ्वि राई, चिरन राई लगायतले अभिनय गरेका छन । डेब्यु संगीतकार सुमन राईले उत्कृष्ट संगीत गरेका छन् । यो गीतमा पृथक गायन शैलीका कारण गायीका किरातीको सर्वत्र तारिफ सँगै खोजि पनि भइरहेको छ ।

मेरी बास्सैका चर्चित जोडी हनुमाने (बुद्धी तामाङ) र मङ्गली (रजनी गुरुङ) को रोमान्स रहेको मट्टीमालामा प्रियंका कार्कीको विशेष भूमिका रहेको छ । यसैगरी चलचित्रमा शिशिर राना, नेपाली टोनी जाका नामले परिचित चिरन राई, पृथ्वि राई, अरुणा कार्की, अर्जुन गुरुङ, विनोद राई, सङ्घ्या श्रेष्ठ, टेकराज लाङ्घाली,विक्रम लामा, दिपक आचार्य लगायतको अभिनय रहेको छ । पौरखी फिल्मस प्रा.लि.को ब्यानरमा पृथ्वी राईको लेखन तथा निर्देशनमा बनेको यो चलचित्र आगामी जेष्ठ २५ गते रिलिज हुदैछ ।


प्रतिक्रिया दिनुहोस्