लिम्बू साँस्कृतिक परिषदमा मादेन

ताप्लेजुङ समाचारदाता

ताप्लेजुङ / लिम्बू साँस्कृतिक परिषद् ताप्लेजुङको प्रथम भेलाले कलाकार सरोज मादेनलाई अध्यक्षमा चयन गरेको छ ।

लिम्बू साँस्कृतिक परिषद् नवनिर्वाचित कार्यसमितिसहित सामुहिक तस्बिर ।

किराँत याक्थुङ चुम्लुङको साँस्कृतिक विभागअन्तर्गत रहेको लिम्बू साँस्कृतिक परिषद्को सदरमुकाम फुङ्लिङमा बिहीबार सम्पन्न भेलाले मादेनको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

कार्यसमिति उपाध्यक्षमा सन्तोष चोङ्बाङ, सचिव हाङ्माया लिम्बू, सहसचिव काजी थेबे र कोषाध्यक्षमा कृष्णकुमारी लिम्बू रहनुभएको छ । सदस्यहरुमा गोपीलाल मेन्याङ्बो, लक्ष्मी फुरुम्बो, नयन चोङ्बाङ, सीता अन्छङ्बो, राजकुमार येङ्देन, बिजिता चोङ्बाङ, सविता लिम्बू, मुमिरा केदेम र मोहनसागर लिम्बू रहनुभएको छ ।

लिम्बू साँस्कृतिक परिषद केन्द्रीय अध्यक्ष गोबिन्द आङबुङको उपस्थितिमा सम्पन्न गरिएको कियाचु जिल्ला अध्यक्ष प्रेमकुमार सेलिङ (संगम) ले जानकारी दिनुभयो ।

 


प्रतिक्रिया दिनुहोस्