एमाले सचिव योगेश भट्टराईले प्रचण्डलाई भने, ‘फड्को हान्ने हुँदा बीचैमा बेहाल भइएला’

काठमाण्डौं, २८ माघ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको अहित हुने अवस्था आए वाम एकताबारे सोच्न सकिने खालको अभिव्यक्ति दिएपछि नेकपा एमाले सचिव योगेश भट्टराईले प्रचण्डलाई काउण्टर जवाफ फर्काएका छन् ।

चितवनमा शनिबार प्रचण्डले दिएको अभिव्यक्तिलाई लक्षित गर्दै उनले ट्वीट गरेका छन् । ट्वीटमा उनले लेखेका छन्, ‘अचानक फड्को हान्दा बीचैमा खसेर बेहाल पनि त हुन सकिन्छ नि, कि कसो कमरेड ? फड्को, छलाङ, क्रमभङ्ग, महाबिपत्ति जस्ता शब्दहरु त उपन्यासकारहरुतिर पन्छाई दिए राम्रो होला की ?’

प्रचण्डले शनिबार चिवतनमा भएको एक कार्यक्रममा देशको अहित हुन लाग्यो भने अर्को फड्को मार्न सकिने बताएका थिए । प्रचण्डको यो अभिव्यक्ति आएसँग आज नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच वार्ता हुने भएको छ । एकता प्रक्रियामा समस्या आउन नदिन वार्ताको तयारी गरिएको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्