देउवाले बनाए गच्छदारलाई संसदीय दलको उपनेता

नेपाली कांग्रेसका सभापति एंव संसदीय दलका नेता शेरबहादुर देउवाले विजयकुमार गच्छदारलाई संसदीय दलको उपनेता चयन गरेका छन्।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले गच्छदार संसदीय दलको उपनेतामा चयन भएको पुष्टि गरे।

आजै संसदीय दलको नेतामा चयन भएका देउवाले केही महिनाअघिमात्रै मधेसी जनाधिकार फोरमसहित कांग्रेसमा प्रवेश गरेका गच्छदारलाई उपनेता चयन गरेका हुन्।

संसदीय दलको नेताको चुनावमा देउवाले ४४ मत पाएका थिए भने प्रकाशमान सिंहले १९ मत ल्याएका थिए।

लामो समय कांग्रेसको राजनीति गरेका गच्छदार २०६४ मा कांग्रेस परित्याग गरी मधेसी जनाधिकार फोरम प्रवेश गरेका थिए। पछि पार्टी फुटाएर उनी मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष भएका थिए।

गत मंसिरमा भएको प्रतिनिधि सभा चुनावको केही दिनअघि उनले आफ्नो पार्टी कांग्रेसमा मिसाएका थिए।


प्रतिक्रिया दिनुहोस्