विद्यादेवी भण्डारीलाई फेरि राष्ट्रपति बनाउने एमाले निर्णय

 

काठमाडौं, फागुन २३,
नेकपा एमालेले राष्ट्रपति विद्यादेवी भण्डारीलाई फेरि राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ।

मंगलबार राति बसेको पार्टी स्थायी समिति बैठकले २०७२मा राष्ट्रपति बनेकी एमाले पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीलाई फेरि राष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेको सचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

राष्ट्रपतिका लागि आज उम्मेद्वारी दर्ता हुँदैछ।

संसदमा वाम गठबन्धनको बहुमत भएकाले भण्डारी राष्ट्रपतिमा पुन: निर्वाचित हुने निश्चित छ।


प्रतिक्रिया दिनुहोस्