गायिका मिना राईको ‘अलिकति पिरतीको बैना देउ’ बोलको नयाँ गीत सार्वजनिक (भिडियोसहित )

काठमाडौं, ७ असार । गायिका मिना राईले नयाँ गीत सार्वजनिक गरेकी छिन् । लोकपप शैलीको ‘अलिकति पिरतीकाे बैना देउ’ बोल गीत बिहिबार एक कार्यक्रम गरि सार्वजनिक गरेकी हुन् ।

गीतमा गायिका राईले स्वरसँगै संगित पनि दिएकी छिन् । भने शब्द मंगल राईको रहेको छ । सयौको संख्यामा गीत रचना गरेकी छिन भने एक दर्जन बढि गीत रेर्कड पनी गरी सकेकि राईले कार्यक्रममा सानैदेखिको इच्छा, रुचिका कारण सांगतिक क्षेत्रमा आएकी बताउँदै नयाँ गीत सार्वजनिक गरेकी बताइन् । बुद्ध स्वाङबोले एजेन्ज गरेको यो गीतलाई भर्जिन रेर्कडिङ स्टुडियोमा कुमार सिंजालीले रेर्कडिङ गरेका हुन् ।गीत सँगै म्युजिक भिडियो पनि निर्माण गरिएको छ । गीतमा नेपाल नेपाल टेलिभिजनको डान्स रियालिटीको सो रियो छमछमी सिजन ३ का फस्ट रनर अप मनिता राईका साथै दिपेश राई, मनि के राई र सपना मगरको फिचरिङ रहेको छ ।

मनिता राईको समेत उपस्थिती रहेको सार्वजनिक कार्यक्रमा भिडियोमा राम्रो गर्ने प्रयास गरिएको बताइन् । उनले भिडियो आफनो भुमिका केटा पछयाउने खालको रहेको बताउँदै रियलमा चाहीँ त्यस्तो नभएको समेत बताइन् । भिडियो उनको डान्ससँगै अभिनय पनि दमदार रहेको छ । देवराज गुरुङको निर्देशन तथा कोरियाग्राफी रहेको भिडियोलाई गाउँले इन्टरटेनमेण्टका सुरश तामाङ र गंगाराम राई छायँकन गरेका हुन् । भने सम्पादन गंगा राम राईले गरेका हुन् । कार्यक्रम राईले प्रतिकुल मौसमको बाबजदुर पनि राम्रो भिडियो खिचिएको बताए ।

                                                                          ‘अलिकति पिरतीकाे बैना देउ’ भिडियो

http://https://www.youtube.com/watch?time_continue=246&v=xRZqVyQo7lg


प्रतिक्रिया दिनुहोस्