पैनीले बगाएर एक बालकको मृत्यु

इटहरी / इटहरी ५ पचरुखीमा पैनीले बगाएर बिकी भण्डारीका २७ महिनाका छोरा एलुन भण्डारीको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरिक्षक शिबकुमार श्रेष्ठका अनुसरा घर नजिकैको पैनीमा खेल्नेक्रममा शनिबार लडेर पानीले बगाएको थियो । अचेत अवस्थामा उनलाई उद्धार गरि धरान स्थीत बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको क्रममा निधन भएको थियो ।


प्रतिक्रिया दिनुहोस्