एमाले समानुपातिक सांसदमा पति पत्नी देखि दाजु बहिनी सम्मकाे जमघट

२८ माघ,काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फ ४१ सांसद छान्दा एमालेले माया ज्ञवाली, विद्यार्थी आन्दोलनबाट आएकी रामकुमारी झाक्री, नविना लामालाई समेटेको छ ।

उद्योगी मोती दुगडदेखि नेता पत्नीहरु पनि त्यही समानुपातिकबाट सांसद बनेका छन् ।उपाध्यक्ष बामदेव गौतमकी पत्न तुलसा थापा, प्रदेश ५ को मुख्यमन्त्री बन्ने तयारीमा रहेका शंकर पोखरेलकी पत्नी सुजिता शाक्य र पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठकी पत्नी विना श्रेष्ठ समानुपातिकबाट सांसद भएका छन् ।

नेतापत्नी भए पनि तीनैजना पार्टीमा लामो समयदेखि पार्टीमा क्रियाशील महिला नेतृ हुन् । उनीहरुको राजनीतिक रुपमा आफ्नै योगदान भएको एमालेले बताएको छ ।

कृष्णगोपाल र विनासँगै रघुवीर महासेठ र जुली कुमारी महतो पति पत्नी दुवैजना प्रतिनिधिसभा सदस्य बन्ने भाग्यमानी दम्पत्ति परेका छन् । महासेठ धनुषा ४ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् भने जुली समानुपातिकबाट सांसद बनेकी छन् ।

कृष्णगोपाल काठमाडौं ९ बाट निर्वाचित भएका छन् । वामदेवले भने चुनाव हारेका छन् ।

तत्कालिन एमाले महासचिव जननेता मदनकुमार भण्डारीसँगै दासढुंगा दुर्घटनामा निधन भएका संगठन विभाग प्रमुख जीवराज आश्रति पत्नी माया ज्ञवाली न्यौपाने पनि समानुपातिकबाट सांसद बनेकी छन् । पार्टीले पटक पटक पाएको अवसरमा उनलाई छुटाएको भन्दै पार्टी पंक्तिमा असन्तुष्टि थियो ।

सशस्त्र द्वन्द्वका क्रममा माओवादीबाट हत्या गरिएका रुकुमका नेता यदु गौतमकी पत्नी तीर्था गौतमलाई पनि एमालेले समानुपातिक सांसद बनाएको छ । उनी २०५६ मा पतिको हत्यापछि रुकुमबाट सांसद निर्वाचित भएकी थिइन् ।

चर्चित विद्यार्थी नेता रामकुमारी झाँक्री र अनेरास्ववियुका वर्तमान अध्यक्ष नविना लामा पनि समानुपातिकबाट निर्वाचित भएका छन् । केपी ओली सरकारको पालामा राजदूत सिफारिस भएर पनि पद सम्हाल्न नपाउँदै हटाइएकी की डा.शिवमाया तुम्बाहम्फे पनि समानुपातिकबाट सांसद भएकी छन् ।

संयोगनै मान्नुपर्छ बिजय सुब्बा र शिबमाया सहोदर दाजु बहिनी एकैपटक समानुपातिकबाट सांसद बनेका छन् । विजय सुब्बा अशोक राईहरुसँग एमाले छाडेर संघीय समाजवादीमा गएका थिए तर, नवौं महाधिवेशन लगतै फर्किएका थिए ।

एमालेबाट समानुपातिकमा निर्वाचित हुने पूर्व सांसद तथा पूर्व मन्त्रीहरुको संख्या पनि उल्लेख्य छ । पार्टीभित्र समानुपातिकमा एकपटक भन्दा बढी एउटै व्यक्तिले अवसर पाउन नहुने आवाज उठिरहेका बेला अधिकांश महिला नेतृहरु दोहोरिएका छन् ।

यस्तै थरुहट तराई पार्टीबाट नयाँ शक्ति हुँदै चुनावको पूर्वसंख्यामा एमाले बनेकी गंगा चौधरी र उद्योगी मोती दुगडले पनि एमालेबाट सांसद हुने सौभाग्य पाएका छन् ।

समानुपातिकमा पर्ने पूर्व सांसदहरु यसप्रकार छन्

१. मुकुन्द न्यौपाने ( खसआर्य/पुरुष)
२. विजय सुब्बा -(आदिवासी जनजाति/पुरुष)
३. मोहन बानियाँ -(पिछडिएको क्षेत्र/पुरुष)
४. मोतीलाल दुगड ( मधेसी/पुरुष)
५. थममाया थापा (आदिवासी जनजाति/महिला)
६. शान्ति माया तामाङ पाखि्रन (आदिवासी जनजाति/महिला)
७. राधा कुमारी ज्ञवाली ( खसआर्य/महिला)
८. बिन्दा पाण्डे ( खसआर्य/महिला)
९ तीर्था गौतम ( खसआर्य/महिला)
१०. शान्ता चौधरी ( थारु/महिला)
११. गंगा चौधरी -(सत्गौवा) -थारु/महिला)
१२. जुलीकुमारी महतो -(मधेसी/महिला)

१३. सरलाकुमार यादव – (मधेसी/महिला)


प्रतिक्रिया दिनुहोस्