क्रसर उद्योगको लापरवाहीविरुद्ध आन्दोलन

सर्लाही। क्रसर उद्योगको लापरवाही विरुद्ध बागमतीका स्थानीय आन्दोलनमा उत्रिएका छन् । बागमतीमा रहेको हरिओम क्रसर उद्योग र जोरगणेश क्रसर उद्योगले लापरवाही गरेको भन्दै बागमती नगरपालिका १२ कर्मैयाका स्थानीयले उद्योगको लापरवाही रोक्न माग गर्दै आन्दोलन थालेका हुन ।

आन्दोलनकारीहरुका अनुसार ती दुई उद्योगको लापरवाहीका कारण गाउँमा धुलो तथा प्रदुषण फैलिएको, सडकको अवस्था विग्रीएको, विद्युत पोलहरु ढलेको, ट्रिपर चालकहरुले मादक पदार्थ सेवन गरी लापरवाही पाराले सवारी चलाउँदा स्थानीयको ज्यान जोखिममा परेकाले आफूहरुले उद्योगलाई लापरवारी रोक्न दवाव दिने उद्देश्यले संघर्ष गरेको संघर्ष समितिका संयोजक नवीन काफ्लेले बताए । उद्योगको लापरवाहीका बारेमा उद्योगीलाई भन्दा हामीले प्रशासनलाई पैसा तिरेका छौं भन्छन्– संघर्ष समितिका संयोजक काफ्लेले भने । उद्योगको यस्तो लापरवाहीपन रोक्न सम्बन्धित निकायले कुनै चासो नदिएको समेत उनले गुनासो गरेका छन् । उता यसवारेमा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले वातावरणलाई दुषित पार्ने गरी कुनै उद्योग पनि संचालन गर्न नपाउने बताएका छन् । आन्दोलनको विषयमा आफूलाई कुनै जानकारी नआएको तर सोमवार आफू त्यस क्षेत्रमा गई अनुमन गर्ने र लापरवाही रोक्न उद्योगलाई निर्देशन दिने प्रजिअ कटुवालले बताए । उद्योगी अर्जुन रायमाझीले भने स्थानीयले भनेको जस्तो आफूहरुले लापरवाही नगरेको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्