गौशालामा पहिलोपटक एटिएम सेवा शुरु

महोत्तरी, २३ चैत / महोत्तरीको गौशालास्थित सिटिजन बैक इन्टरनेशनल लिमिटेडले आजबाट एटिएम सेवा शुरु गरेको छ । सेवाग्राहीलाई वित्तीय कारोबार गर्न अझ सहज र सुलभ बनाउनका लागि यो सेवा सञ्चालन गरिएको शाखा प्रबन्धक दिलीपकुमार श्रेष्ठले जानकारी दिनुभयो । यो सेवा २४ औँ घण्टा सञ्चालनमा रहने पनि उहाँले बताउनुभयो ।


                                                  फाइल तस्बिर ।

गौशालामा एटिएम सेवा सञ्चालन गरिने यो पहिलो बैंकका रुपमा स्थापित भएको छ । प्रदेशसभा सदस्य भरत साहले सो सेवाको शुरुवात गर्नुभएको हो । प्रदेशसभा सदस्य साह यस शाखाको सेवाग्राहीसमेत रहेको बैंकले जनाएको छ । रासस


प्रतिक्रिया दिनुहोस्