जेलभित्रै बालबािलकालाई लेखपढको अवसर

काठमाडौँ, २५  चैत / जिल्ला कारागार शाखा खोटाङमा आश्रित जीवन बिताइरहेका बालबालिकालाई कारागारभित्रै पठनपाठनको व्यवस्था मिलाइएको छ। विभिन्न मुद्धामा जेल जीवन बिताइरहेका बराहपोखरी गाउापालिका ६ मौवाबोटेका साढे ५ वर्षका मौसम राइ, हलेसी तुवाचुङ नगरपालिका ११ राजापानीका ४ वर्षका रेशम राई र दिप्रुङ चुईचुम्मा गाउँपालिका १ याम्खाका डेढ वर्षकी उर्मिला विश्वकर्मालाई कारागारभित्रै लेखपढको व्यवस्था मिलाइएको हो।

दिक्तेल बचत तथा ऋण सहकारी संस्था, लालुपाते बहुउद्देश्यीय सहकारी संस्था र सक्रिय बचत तथा ऋण सहकारी संस्थाले स्थापना गरिदिएको १ लाख अक्षय कोषबाट आश्रित बालबालिकालाई पठनपाठनको व्यवस्था मिलाएको कारागार शाखाका प्रमुख चित्राखर आचार्यले बताए । तीन सहकारील स्थापना गरेको अक्षय कोषको ब्याजबाट आउने रकमले गत वैशाखदेखि कारागारभिै सहयोगी शिक्षकमार्फत पठनपाठन गराईनेछ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।


प्रतिक्रिया दिनुहोस्