अष्ट्रेलियामा अल्मलिएको नेपाली मन स् मान्छेलाई कति भए पुग्ला ?

‘ठ्याक्कै १३२ वर्ष भएछ विश्वविख्यात लेखक लियो टोल्स्टोयले ‘एउटा मान्छेका लागि कति जमीन चाहिन्छ रु’ भन्ने शीर्षकको कथा लेखेको ।

कथाअनुसार पाहोम भन्ने मानिसले जग्गा भाडामा लिएर भोगचलन गर्दा सधैंजस्तो हुने किचकिचले दिक्क भएर भाउ मिल्ने जग्गा पाइयो भने किन्नुपर्ला भन्ने सोचिरहेको हुन्छ ।

अकस्मात एकदिन कुनै जमिनदारले पाहोमलाई एक हजार रुबल ९अहिलेको दुई हजार रुपैयाँ जति मै उसले दिनभरि हिँडेर घेर्न सकेजति जमिन दिने प्रस्ताव गर्छ । यसका लगि जमिनदारले एउटा शर्त राख्छ ।

शर्त अनुसार पाहोमले बिहान घाम झुल्केपछि मात्रै हिँड्न पाउँछ र बेलुका घाम नअस्ताउँदै बिहान सुरु गरेको बिन्दुमा फर्किइसक्नुपर्छ । केही गरी घाम नअस्ताउँदै जग्गाको शुरु बिन्दुमा फर्किन नसकेमा पाहोमको एक हजार रुबल पनि फिर्ता हुँदैन र उसले जग्गा पनि पाउँदैन ।

यस्तो गज्जबको प्रस्ताव सुनेर पाहोम खुशीले गदगद हुन्छ । सोच्छ, दिनभरिमा त तीन पुस्तालाई पुग्ने जग्गा घुमी सकिहालिन्छ । अब मेरा दुःखका दिन सकिएजस्तो छ । एकदिनको दुःख त के दुःख भयो र । पाहोमले शर्त मञ्जुर गर्छ र हिँड्ने दिन निश्चित गर्छ ।

त्यो दिन पाहोमले घाम झुल्किने बित्तिकै हिँड्न सुरु गर्‍यो । सकेसम्म धेरै जग्गा हात पार्ने लोेभले गर्दा ऊ दिन ढल्किने बेलासम्म पनि एकोहोरो दौडिइरह्यो ।

 

धेरै नै पर पुगे पुगेपछि घाम नअस्ताउँदै सुरु बिन्दुमा पुग्नैपर्ने हतारोले भोक न तिर्खा बेतोडले दौडँदै तोकिएको ठाउँमा आइपुग्यो । उसको भाग्य चम्कियो, एक हजार रुबलमै तेत्रो जग्गा उसैको भो । उसको मन खुशीले भरियो । तर, त्यो खुशी धेरैबेर टिकेन ।

दिनभरिको धपेडीले गर्दा पाहोम कहिल्यै नऊठने गरी ढल्यो । उसका साथीसंगीहरुले अन्त्येष्ठिका लागि खाडल खने र पाहोमलाई समाधिस्थ गरियो । मात्र ६ फिट लामो त्यही खाल्डोमा पाहोमसँगै उसका सपनाहरु सधैंका लागि पुरिए ।

यस कथामा टोल्सटोयले करीब डेढ सय बर्षअघिको रसियन समाजको चित्रण गरेका छन् । जुनबेला जीवनयापन कृषिमा आधारित थियो । जति धेरै जमिन, उति धेरै सम्पत्ति । अझ धन दौलत थप गर्ने, पशु व्यवसाय बढाउने र अन्न उब्जनी बढाएर झन धेरै धनी र झन शक्तिसम्पन्न हुने सम्भावना थियो त्यसबेला । र, त्यही आशाले गर्दा पाहोमले आफ्नो ज्यान जाउन्जेलसम्म पाहोमले धपेडी गरिरहृयो ।

टोल्सटोयपछिका यी एक डेढसय बर्षसम्म आइपुग्दा अहिलेको समाज पनि आधारभूत रुपमा केही भिन्नता देखिँदैन । पुँजी संकलन र अभिवृद्धि गर्ने अभिलाषा उही छ । त्यो बेला जग्गाजमिन र पशुधन जोड्ने चटारो थियो भने अहिले नगद, जग्गा, व्यवसाय, लगानी आदिका माध्यमले पुँजी निर्माण गर्दै अझै धेरै धनी बन्ने आकांक्षा उस्तै छ ।

वस्तु फरक छन्, तरिका फरक भयो होला तर प्रवृति उही छ । अझ भनौं झन बढी छ । झन पेचिलो बन्दै गएको छ । खाली त्योबेला अहिले जस्तो पैसा नभई जीवन नै नचल्ने जस्तो निर्मम समय थिएन होला ।

त्यो समयको कुरा छाडौँ, हाम्रै गाउँमा पनि मैले थाहा पाउँदासम्म पैसा दुर्लभ थियो । नुन र कपडा बाहेक अरुका लागि पैसै खर्च गरिन्थेन । ऐंचोपैंचो र अर्मपर्मकै भरमा निर्वाह हुन्थ्यो । मासुसमेत पैँचोमा चल्थ्यो, आफ्नो घरमा मासु भएका बेला तिर्दा पनि हुने चलन थियो ।

समयक्रममा विज्ञान र प्रविधीका कारणले भौतिक बिकास तिब्र रुपमा भैरहेको छ । भौतिक बिकास र विश्वव्यापी बजारीकरणले गर्दा हाम्रो जीवन पद्दति आमूलरुपमा बदलिएको छ । भौतिक सुखसुविधाका साधनहरु र पुँजी संकलनको चाहनाले गर्दा आज व्यक्ति, परिवार र समाज मरीमेटेर लागिरहेको छ ।

गाउँ त गाउँजस्ता रहेनन् भने शहरहरु गाउँ जस्ता हुने कुरै भएन । के विकासशील, के विकसित देश या शहर द्रव्य सञ्चयको भोक उस्तै छ । यसरी हेर्दा सत्रौं सताब्दी र एक्काइसौं शताब्दीमा धनी बन्ने र अझै पुँजी सँकलन गर्ने अभिलाषा आश्चर्यजनक रुपले समान देखिन्छ ।

त्यसकारण दुईरतीन सय वर्षपछि पनि टोल्सटोयको प्रश्न अनुत्तरित नै छ, हामीलाई कति भयो भने चै पुगिसरी होला रु भलै व्यंग्यात्मक रुपमा टोल्सटोयले आफ्नो कथामा यो प्रश्नको उत्तर दिइसकेका छन् । ६ फिट जमीन भयो भने मानिसलाई पुग्छ ।

मेरो अस्ट्रेलियाको बसाइ सम्झन्छु, उदेक लाग्छ । संसारकै बिकसित देशमा बसिएको छ । त्यही पनि जीवनयापन कठिन छ । कठिन यो अर्थमा कि पैसा नभई यहाँ कसैको पनि जीवन चल्दै चल्दैन । भनेको जस्तो काम पाइँदैन, पाएको काम आंशिक ९पार्टटाइम० वा बोलाए मात्र पाउने (क्याजुअल० छ । तर, घरभाडा, किस्ता तिर्न पर्ने रकम, र अरु खर्चहरु आंशिक होइन, पूर्णकालीन नै छन् ।

यस्तोमा जीवन चाहेअनुसार कहाँ सललल बग्न सक्छ रु मेरी श्रीमती नियमित रुपमा काम नपाएर उदास छिन्, कलेज फी तिर्न नपर्ने र जसोतसो खर्च चलेकाले म अलि कम उदास छु । बाबुआमाको उदासीनताबारे बिल्कुल बेखबर सानी छोरी चाहिँ खुशी देखिन्छे । त्यही खुशी देखेर हामी आ(आफ्नो उदासीनता भुल्न खोज्दैछौं ।

यसको मतलव, यहाँ दुःखै दुःख छ भन्ने होइन । जवाफदेही सरकार छ, विकासका पूर्वाधार गतिला छन् । जीउधनको सुरक्षा छ । सुख सुविधा छ । एक हिसावले हेर्ने हो भने जीवन विलासी छ ।

तर, पुँजीवादी संस्कार, भान्सासम्मै पुगेको बजारीकरण र ९अत्यधिक० द्रव्यआश्रति जीवनशैलीले गर्दा दैनिकी यान्त्रिक बनेको छ ।

मेराजस्तै हजारौं कथाहरु होलान् अस्ट्रेलियाभरी । अनि विकसित भनिएका अरु देशहरुमा समेत ।

मैले मेरो आफ्नै उदाहरण दिनुको कारण चाहिँ मजस्तै अरुको उदासीनताबारे मैले ठाडठाडै किन लेखौँ त भनेर हो । यस्तो यान्त्रिकता कम हुनुको सट्टा बढदो छ । त्यही भएर कमसेकम सानै भए पनि अलि भरपर्दो र नियमित कमाइ हुने काम पाए हुन्थ्यो भन्ने सोचमा छौं हामी ।
साथीहरु भन्छन्( अस्ट्रेलियामात्रै कहाँ हो र, नाम चलेका विकसित भनिने सबैजसो देशहरुमा यस्तै अवस्था छ ।

मलाई मात्रै होइन, दुईरचार लाख डलर बचत गरेर किस्ताबन्दीमा घरजग्गा जोड्नेहरुलाई पनि ऋण सघाउँदै घर चलाउन अझै धेरै कमाउनु छ । एउटा घर हुनेलाई अरु घर चाहिएको छ । म जुन घरमा भाडामा छु, त्यो घरको भाडा हप्तामै हजारौं डलर उठाउँछ घर मालिकले । ऊ आफै भने यो घरमा बस्दैन । भनेपछि उसका अरु घर होलान् भन्ने अनुमान गर्छु ।

सुनिन्छ, ऊ अर्को घर किन्ने धुनमा छ, त्यो पनि किस्ताबन्दीमै होला शायद । मेरो घरबेटी जस्तै किस्ताबन्दीको चक्करमा हजारौं हजार घरपरिवार छन् अस्ट्रेलियाभरि । घर किनेको किस्ता रकम तिर्नका लागि धेरै ९पाँचमा तीन जना० अस्ट्रेलियनले एकछाक खाना नै कटौती गरे भन्ने समाचार आइरहेका छन् ।

हामी जुन विश्व भाग ९विकसित भनिएका देशहरु०मा छौं, त्यो हरेक हिसाबले वैभबशाली ठाउँ हो यो कालखण्डमा । वैभबशाली भनेपछि आर्थिक, सामरिक, बिज्ञान र प्रविधिको क्षेत्रमा अब्बल भन्ने हो । यहाँ समेत सुकुम्बासीदेखि धनाढ्यसम्मलाई अझै धेरै कमाउनु छ, पुँजीको विकास र बढोत्तरी गर्नुछ ।

धेरै भएको छैन अमेरिकाको न्यु हृयाम्सायरमा एकमुष्ट ७१० मिलियन डलर (करिब सबा सात अरब रुपैयाँ० को चिठ्ठा जित्ने एकजना महिलाले आफूलाई सार्वजनिक नागरिकन सुटुक्क जितेको पैसा आफ्नो खातामा हाल्दिनु भनेर आफ्नो वकिल मार्फत अनुरोध गरिछन् खुशीले होइन डरले । नातागोता, इस्टमित्र, छरछिमेक र चोरडाका समेतले आँखा लगाउँछन् र म असुरक्षित हुन्छु, म ढुक्कसँग स्वतन्त्र भएर हिँडडुल गर्न समेत पाउँदिन भनेर ।

मोनाको भन्ने फुच्चे देशमा ९काठमाण्डौे विमानस्थलभन्दा केही ठूला० खरबपतीहरुलाई ढलीमली गरेर बस्न ठाउँ नपुगेर अझै लगानी बढाएर धमाधम समुऽमा कृत्रिम टापु निर्माण गर्नुपरेको छ ।

मस्को, मायामी होस् या मेलवर्न, कोलकाता, क्वालालम्पुर होस् या काठमाण्डौं, सबैतिर, सबैमा सकेसम्म ९धेरै० पुँजी संकलनको भोक उत्तिकै छ, उस्तै छ । पैसा, घर, गाडी, मेशिन, इलेक्ट्रोनिक्स जोड्ने होडबाजी, कुदाकुद र धरधपेडी घट्ने होइन झनझन बड्दो छ ।

विश्वव्यापीरुपमै एउटै कालखण्डमा गरीब, धनी, श्रमजीवी, बुद्धिजीवी, सर्वसाधारण, राजनीतिज्ञ, उद्योगपति सबैमा उस्तै चहाना कसरी सम्भव हुन्छ रु यो पुँजीवादी र भौतिक सुखसयलमुखि दौड कहिलेसम्म चलिरहन्छ रु के कारणले यो सब भैरहेको हो रु को होला यसको जननी रु

विगत छरसात महिनादेखि यता यी र यस्तै अनेकौं प्रश्नहरुमा घोत्लिएर मैले निकै समय बिताएँ ।

हिन्दु धार्मिक मान्यता अनुसार यो कलियुग हो । यो युगको विशेषता भनेकै दिन प्रतिदिन धर्म, सत्य, स्वच्छता, सहनशीलता, दयाभाव, आयु, शारीरिक शक्ति र स्मरण शक्ति घटदै जाने (श्रीमदभागवत, खण्ड १२।१० र धनसम्पत्ति र शक्तिको प्रधानता हुनु हो ।

कलियुगमा धन दौलतको आधारमा मानिसको पद, मर्यादाक्रम र मानसम्मान निर्धारण हुने हुनाले न्याय र कानुनको कार्यान्वयन पनि सबैमा उस्तै नभई धन दौलत र शक्तिका आधारमा तलमाथि हुन्छ । पूँजीहीन र द्रव्य आर्जन गर्न नसक्नेलाई निकम्मा सम्भिmइन्छ । मानिसहरु अत्याधिक चिन्ता र प्रतिकुल वातावरणले आक्रान्त हुने छन् ।

परावैदिक कालमा नै श्रीमद्भागवतमा लेखिएका यी कुराहरु आश्चर्यजनक तरिकाले हामीले हाम्रै जीवनकालमा देखिरहेका छौं । यस हिसावले हेर्दा कलियुग रहुञ्जेल अत्यधिक धनआर्जन र सञ्चय गर्न चाहने अभिलाषाका साथसाथै अनिश्चितता, चिन्ता र अर्धयताआधुनिक जीवनको पर्यायका रुपमा रहिरहने निश्चितै छ ।

आगामी कयौं पुस्ता अर्थोत्पादनको व्यग्र अभिलाशा, चिन्ता, अनिश्चय र प्राकृतिक प्रतिकुलता बिचमै गज्रने हुनाले चिन्ता निवारणभन्दा पनि चिन्ता न्यूनीकरण र व्यवस्थापन नै अवको विकल्प हो । सोहीअनुसार नै हामीले हाम्रो जीवन रणनीति बनाउनु बुद्धिमानी हुनेछ ।

र अन्त्यमा, अपवादमा कोही कोही होलान् । तथापि टोल्सटोयको कथाको पाहोमदेखि लिएर ऋण(धन र पुँजी व्यवस्थापन गर्न संघर्षरत नगरबासी, ती सात अर्ब रुपैयाँ चिठ्ठा जित्ने महिला, र संसारकै धनाढ्य समेतलाई अझै धनी हुने अझै पुँजी संकलन गर्ने चाहनाले दौडाइरहेको छ ।

उनीहरु मात्रै होइन, सारा संसार नै धनी बन्ने, पुँजी संकलन गर्ने दौडमा लागिरहेको यो युगमा म जम्माजम्मी दईसय आठ हप्ता अस्ट्रेलियामा बस्ने गरी आएको एउटा मनुवा अपवाद हुने कुरै भएन ।

यो कलियुग नै लोभ, चिन्ता, अभाव, र प्रतिकुलताले भरिएको युग हुनाले यही युगअनुसार अनुकुलन हुँदै जानुको विकल्प छैन । त्यही पनि दिमाग चलिरहन्छ, हैन के भयो भने, र कति चाहिँ भयो भने हामीलाई पुग्दो हो रु केही आँकलन गर्न सकिएला र ?


प्रतिक्रिया दिनुहोस्