पाथीभरामा पूजापाठ सकाएर भरियामार्फत गन्तव्यतर्फ लाग्दै तिर्थयात्रीहरु (फोटो फिचर )


ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिरमा पूजापाठ गरि सकेपछि पैदल मार्ग हिड्न कठीन हुने तिर्थयात्रीहरु भरीयामार्फत आफ्नो गन्तव्यतर्फ जाने गर्दछन्। यातायातको साधन काफ्ले पाटी सम्म मात्र पुग्ने गर्दछ । पाथीभरा समुद्र सतह देखि तीन हजार ७९४ मिटर उच्चाईमा पर्दछ ।

काफ्ले पाटी देखी पाथीभरा मन्दिरमा पुग्नका लागि पाँच किलो मिटर पैदल मार्ग हुदै जानु पर्ने हुन्छ । निकै उचाई पर्ने स्थान भएकाले स्वासप्रस्वासमा कठिगनाई (लेक) लाग्ने गर्दछ । लेक लाग्ने तथा उकालो र ओरालोमा पदैल हिडन नसक्ने तिर्थत्रात्रिहरुलाई भरीयामार्फत मन्दिर पुर्याउने र यातायातका साधन पुग्ने स्थानसम्म बोकेर पुर्याउने गरिन्छ ।

काफ्लेपाटी देखि मन्दिर सम्म बोकेर पुर्याए बापत प्रतिकेजी एक सय रुपैयाँ र मन्दिरमा पुजापाठ सकेपछि काफ्ले पाटी सम्म पुर्याए बापत प्रतिकेजी एक सय रुपैयाँ लिने गरिन्छ। पाभीभरा क्षेत्रमा करिब ५०० जना भरिया भएको पाभीभरा क्षेत्रका होटल व्यावसायी संघले जनाएको छ । भरीयाको अनुमति पत्र होटल व्यवसायी संघले दिने गरेको छ ।


प्रतिक्रिया दिनुहोस्