“नेशनल शोसल वेलफेयर अवार्ड – २०२२” बाट याङजोम शेर्पा सम्मानित

ताप्लेजुङ । घुन्सा फाउन्डेसनी संस्थापक अध्यक्ष तथा समाजसेवी याङजोम शेर्पालाई “नेशनल शोसल वेलफेयर अवार्ड – २०२२” ले सम्मान गरिएको छ । सोमबार सिजन मिडियाको आयोजनामा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री मा. अमनलाल मोदीको प्रमुख आतिथ्यमा राष्ट्रिय नाचघर जमलमा शेर्पा सहित १४ जना समाजसेवीलाई सम्मान गरिएको थियो । सिजन मिडियाद्धारा देश तथा विदेशमा रहेर सामाजिक कार्यमा जुटेर समाजसेवामा सक्रिय सातै प्रदेशका प्रतिनिधि समाजसेवीलाई अवार्ड मार्फत सम्मान गरिएको हो । ७ वर्षकै उमेरमा आमा गुमाएकी शेर्पाले घुन्सा फाउन्डेसन संस्था स्थापना गरेर निरन्तर समाजसेवामा लागेकी छन् । याङजोम राष्ट्रपतिद्वारा प्रवल जनसेवा श्री पदक नामक राष्ट्रिय पुरस्कारबाट समेत विभुषित भइसकेकी छिन् ।

अन्य सम्मानित हुनेमा वादी उत्थान मञ्च कर्णाली सुर्खेतका संस्थापक हिक्मत वादी, लुम्बिनी प्रदेशमा रहेर रक्तदानमा शक्रिय रहनु भएका रक्तदाता कृृष्ण चौहान क्षेत्री, लिभिङ ड्रग्स एण्ड अल्कोहल रिहाव सेन्टरका संस्थापक प्रशान्त शर्मा, मधेश प्रदेशका सामाजिक अभियन्ता प्रकाश थारु छन् । त्यसैगरि चितवनको सहारा घरकी सञ्चालक स्वस्तिका तिवारी, महेन्द्रनगरका समाजसेवी दिनेश मल्ल, बनेपाकी समाजसेवी जेसी मिलन गुरुङ, हेटौंडाका व्यवसायी तथा समाजसेवी लायन अमित कुमार शर्मा, ललितपुरका नेपाल स्नेही काखकी नेहा पोखरेल, गुल्मीकी पत्रकार तथा समाजसेवी कविता शर्मा, अन्नपूर्ण आत्मनिर्भर बालश्रम पोखराकी सञ्चालक शारदा बस्नेत, गोरखाली व्यावसायी तथा समाजसेवी दुर्गा श्रेष्ठ र कास्कीकी बाल सामाजिक अभियन्ता प्रिन्सा रेग्मीलाई सम्मान गरिएको हो ।

सामाजीक अभियन्ताहरुको सम्मानले समाजप्रति माया र विस्वास रही रहोस र दिन दुखी गरीवको सेवामा खटिरहन हौसला होस भन्ने हेतुले उक्त कार्यक्रम गरिएको संस्थाका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिए । उक्त कार्यक्रममा वादी उत्थान मञ्च कर्णाली सुर्खेतका संस्थापक हिक्मत वादीलाई वादी वालवालीकाको अध्ययनलार्इ सहयोग पुगोस भन्ने हेतुले कार्यक्रममा उपस्थित दर्शक तथा आयोजको तर्फवाट नगद रु ५० हजार सहयोग गरिएको थियो । साथै व्यवसायी तथा समाजसेवी राज्यलक्ष्मी श्रेष्ठले रु ५० हजार बराबरको खाद्य्य सामाग्री उपलव्ध गराउने वचन दिनु भएको छ भने मिसेस व्यूटी क्वीन नेपाल २०२१ की विजेता लसता साक्यकी ममतामयी आमा सुलोचना शाक्यवाट रु १लाख १ हजार रकम दिने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्