बिधुतका दुई कर्मचारी घुसहित पक्राउ

महोत्तरी, गौशाला / नेपाल बिधुत प्राधिकरण वितरण केन्द्र जलेश्वरमा कार्यरत प्रविधिज्ञद्वय लालबाबु पण्डित र बाबुसाहेब सिंह रु ३० हजार घुससहित पक्राउ परेका छन् । थ्री फेज लाइन जडान गरिदिएवापत स्थानीयवासीसँग रु ३० हजार घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले जलेश्वर–२ स्थित मीनाबजारबाट उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको आयोगका शाखा अधिकृत प्रकाश थापाले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्