ताप्लेजुङमा आगलागीबाट ४ लाखको क्षति

ताप्लेजुङ समाचारदाता

ताप्लेजुङ / ताप्लेजुङको आठराइ त्रिवेणी गाउपालिका-३ हाङ्पाङमा धन भक्त यक्सोको एक तले भान्सा घरमा मंगलबार बेलुकी ८ बजे आगलागी भएको छ ।

                   फाइल तस्विर

आगो बिजुलीको तार सट भएर लागेको हो । आगोले यक्सोको घर तथा घरभित्र रहेका सबै सामान जलेर नस्ट भएको छ । आगलागी बाट करिब चार लाख पचास हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

आगलागी स्थानियबासी र नेपाल प्रहरीले राती ९ बजे नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय ताप्लेजुङले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्