श्रीमतीलाई जबरजस्ती करणी गर्ने जेल चलान

– ताप्लेजुङ समाचारदाता

ताप्लेजुङ, ३० जेठ / जिल्ला अदालत ताप्लेजुङले श्रीमतीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुधबार एक व्यक्तिलाई तीन वर्षको कैद सजाय हुने फैसला गरेको छ । जिल्लाको फुङ्लिङ नगरपालिका घर भई हाल फक्ताङ्लुङ गाउँपालिका बस्दै आएका ती व्यक्तिलाई जिल्ला न्यायाधीश कृपासुर कार्कीले तीन वर्षको कैद सजायको फैसला सुनाउनुभएको हो ।

           फाइल तस्विर

पीडक व्यक्तिले बयानका क्रममा आफ्नो जायजेथा नभएको बताएपछि निजको अंशबण्डाबाट जायजेथा नजुटे पीडितलाई सरकारबाट ५० हजार रुपियाँ क्षतिपूर्ति भराउने समेत फैसलामा उल्लेख छ । उक्त मुद्दा २०७१ साल साउन ३० गते प्रहरीमा दर्ता भएको थियो । पीडक फरार रहेकाले २०७१ साल फागुन २७ गतेदेखि मुलतबीमा राखिएको मुद्दाको दुई वर्षपछि २०७४ साल माघ २६ गतेबाट पुनः अनुसन्धान सुरु भएको थियो ।

जिल्ला अदालतमा मुद्दा दर्ता भएको चार वर्षपछि जिल्ला अदालतले पीडक बिरुद्ध बुधबार कैद सजाय तथा क्षतिपूर्ति भराउने फैसला गरेको श्रेष्तेदार गोपाल थापाले जानकारी दिनुभयो । थापाका अनुसार पीडितले आफ्ना श्रीमानले कान्छी श्रीमति लिएर भागेको र केही सयमपछि फर्केर आफुमाथि जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्