संम्झना विक प्रथम मिसेस स्टेट वानको उपधि चुम्न सफल

 

धरान । प्रथम मिसेस स्टेट वान–२०१८ को ताज भरौलकी सम्झना विकले जितेकी छिन ।वुमन वर्थ ग्रुपको आयोजनामा विवाहित महिलाहरुले मात्र भाग लिन पाइने प्रतिस्पर्धाको गतशनिवार सम्पन्न फाइनल प्रतिस्पर्धामा ३४ जना प्रतिष्पर्धीलाई पछि पार्दै संम्झनाले मिसेस वेस्ट स्माइलको उपाधि संगै मिसेस स्टेट १ को ताज जितेकी हुन् ।

उनलाई प्रमुख निर्णायक पुर्व मिस नेपाल सुगारिका केसी र प्रमुख अतिथि धरान उपमहानगर पालिकाकी उपमेयर मञ्जु भण्डारीले ताज तथा पुरस्कार वितरण गरेका थिए । उनले ताज संगै नगद १ एक लाख रुपैया ट्रफी, गिफ्ट ह्याम्पर र प्रमाण पत्र प्राप्त गरीन् ।
इटहरीकी कानुन कार्कीे एलजि मिसेस वेस्ट पर्शनालिटी संगै फस्ट रनर अप र इटहरी कै निरा विकले हिन्वा मिसेस ट्यालेन्ट सहित सेकेन्ड रनर अपको उपाधि जितेकी छन् । कानुनले नगद ५० हजार रुपैया, र निराले नगद २५ हजार रुपैयासहित, ट्र्रिफ र प्रमाण पत्र प्राप्त गरे ।
मिसेस फोटोजेनिकको उपाधी आस्मा विक, मिसेस क्याट वक रेखा राई, मिसेस डिसिप्लिन प्रतिमा श्रेष्ठ, मिसेस व्युटिफुल रस्मी ताम्राकार, मिसेस फ्रेन्डसिप मन्जु लावती र मिसेस एक्टिभ टंक गुरुङ्गले जिते । उनिहरुले ट्रफि र गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् । प्रतियोगिताको निर्णायकमा पूर्व मिस नेपाल सुगारीका केसी, डिआइजी ज्ञानविक्रम शाह, पत्रकार किशोरकुमार कार्की, सविता राई, डा। सुधा अग्रवाल र मेजर सुनिलकुमार पाल रहेका थिए ।


प्रतिक्रिया दिनुहोस्