अभिनेता अक्षय कुमार बने रिक्सा ड्राइभर

बलिउड अभिनेता अक्षय कुमार रिक्सा चालक बनेपछि अहिले चर्चामा रहेका छन् । फुर्सदको समयमा घुम्न निस्किएको समयमा अक्षय श्रीती ट्विंकल खन्नाको लागि रिक्सा ड्राइभर बनेको हो ।उनी श्रीमतीकाे लागि रिक्सा ड्राइभर बनेका कारण चर्चामा छन् । ट्विंकल खन्नाले आफ्नै इन्स्टाग्राममा त्यसको तस्बिर पोष्ट गरेकी थिइन् ।

                                                                                                         बलिउड अभिनेता अक्षय कुमार

तस्बिरका साथ उनले थप लेखेकी छन्, ‘कसैका लागि यो पागलको जस्तो हर्कत हुन सक्ला, तर मेरा लागि पर्फेक्ट आइतबार हो ।’ बिहानै ४ बजे उठेपछि उनले केही लेख्ने काम गरिन् । यसपछि घुम्नका लागि अक्षय पनि उनीसँगै थिए । अक्षय उनका लागि रिक्सा ड्राइभर पनि बने । यी सब काम अक्षयले बिहान ९ बजेअघि नै गरिसकेका थिए ।प्राय अक्षय कुमारलाई समय मिल्छ तब उनी परिवारसँग समय बिताउन रुचाउँछन् । उनी कहिले परिवारसँग फिल्म हेर्न जान्छन् त कहिले बच्चासँग घुम्न निस्किन्छन् ।

एजेन्सी,


प्रतिक्रिया दिनुहोस्