नेपाल उज्वेकिस्तानसँग हार्यो

काठमाडौं भदौ २३ / कीर्गिस्तानमा जारी नादेझ्दा कप महिला फुटबलको दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ । सोमबार भएको खेलमा नेपाल उज्वेकिस्तानसँग २–० ले पराजित भएको हो । नेपालको हारसँगै फाइनल प्रवेशको ढोका सबै टोलीका लागि खुला भएको छ । नेपालले पहिलो र दोस्रो हाफमा एक एक गोल खाएको थियो । १४औं मिनेटमा नेपालकी कप्तान निरु थापा विपक्षीसँग ठोकिएर चोट बोक्दै बाहिरिएपछि नेपाल दबाबमा परेको थियो ।

चार टोली सहभागी प्रतियोगिताको पहिलो खेलमा नेपालले आयोजक किर्गिस्तानलाई ८–२ गोलले हराएको थियो । नेपालले मंगलबार ताजकिस्तानको सामना गर्दैछ । फाइनल पुग्न नेपाललाई मंगलबारको खेल जित्नै पर्ने बाध्यता पनि छ । आजै अर्को खेलमा किर्गिस्तान र ताजकिस्तान भिड्नेछन् । उज्वेकिस्तानले लगातार दोस्रो जितसँगै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । पहिलो खेलमा उज्वेकिस्तानले ताजकिस्तानलाई १२–० गोलले हराएको थियो ।

लिग कम नकआउटका आधारमा सञ्चालित प्रतियोगितामा शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । फाइनल खेल बिहीबार हुनेछ । अन्तिम दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस्