दयाहाङ र श्वेतालाई दर्शक अपार माया, शनिबार पनि अधिकांश हलमा हाउसफुल

काठमाडौं, चलचित्र ‘कान्छी’ लाई उल्लेख्य दर्शक साथ मिलेको छ । अभिनेत्री श्वेता खड्का र अभिनेता दयाहाङ राई शनिबार राजधानीमा रहेका दुई हल गोपीकृष्ण र अष्टनारायण पुगेका थिए । शुक्रबार देखि प्रदर्शनमा आएको यो चलचित्रले शनिबार अधिकांश हलमा हाउसफुलको व्यापार गर्न सफल रह्यो ।

दर्शकको बीचमा घेरिएका श्वेता र दयाले ‘कान्छी’ लाई मिलेको अभूतपूर्व माया र साथ प्रति कृतज्ञता प्रकट गरे । चलचित्रका शीर्ष दुई कलाकारको साथ हलमा निर्देशक आकाश अधिकारी पनि पुगेका थिए ।

यद्धपि बक्स अफिसका विषयमा फिल्मले यति नै कलेक्शन ग¥यो भनेर तत्कालै लेखि हाल्ने अवस्था भने छैन । चलचित्रमा दयाहाङ राई, श्वेता खड्का, आशान्त शर्मा, अनु शाह, कामेश्वर चौरासिया लगायतका कलाकारले अभिनय गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्